राजा मौलीको फिल्ममा आमिर खान भिलेन ! « Khabarhub

राजा मौलीको फिल्ममा आमिर खान भिलेन !


२४ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


735
Shares
  • change font
  • change font
  • change font

मुम्बई – फिल्म ‘केरी अन जट्टा ३’को ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेता आमिर खानको उपस्थितिको रहस्य खुलेको छ।

यो कार्यक्रममा आमिरले क्षेत्रीय भाषाका फिल्म आफूलाई मनपर्ने बताएका थिए। उनले राम्रो पटकथा पाएमा कुनै पनि भाषाका फिल्ममा काम गर्न आफू तयार रहेको खुलाएका थिए। उनले आवश्यक परे भाषा पनि सिक्ने जनाएका थिए।

फिल्म ‘लाल सिंह चड्डा’ पछि आमिरका फ्यान उनको नयाँ फिल्मको प्रतिक्षामा छन्। साउथ सूत्रलाई मान्ने हो भने आमिरलाई चाँडै नै ‘बाहुबली’, ‘आरआरआर’ फेम्ड निर्देशक एसएस राजमौलीको फिल्ममा दर्शकले हेर्न पाउनेछन्। राजामौली आफ्नो नयाँ फिल्मको कास्टिङको काम गरिरहेका छन्। यदी सबै कुरामा मिलेमा अभिनेता आमिर उनको फिल्ममा भिलेनको भूमिकामा देखिनेछन्। आमिर यसअघि उनको पहिलो फिल्म ‘होली’ र यशराज फिल्मस्को फ्रेन्चाइजी ‘धुम ३’मा भिलेनको भूमिकामा देखिएका थिए।

राजामौलीको यो त्यही फिल्म हो, जसको घोषणा उनले फिल्म ‘आरआरआर’पछि गरेका थिए। यो फिल्मका लागि साउथ स्टार महेश बाबूले पहिले नै आफ्नो तारिख निर्धारण गरिसकेका छन्। महेश बाबूको राजामौलीका साथ यो पहिलो सहकार्य हुनेछ। फिल्मको पटकथा माथि काम पुरा भइसकेको छ। राजामौलीले कथा अनुसारको लोकेसन पनि फाइनल गरिसकेका छन्। फिल्मको सुटिङ आगामी वर्ष हुनेछ। फिल्ममा महेश बाबूको अपोजिटमा दीपिका पादुकोण हुनसक्ने सम्भावना देखिएको छ।

यो फिल्ममा सम्भावित जोडिन सक्ने अभिनेत्रीको नामको सूचीमा दीपिकाको नाम अग्रस्थानमा छ। फिल्म ‘पठान’को सफलतापछि दीपिकाको कुनै पनि नयाँ फिल्मको घोषणा नहुनुमा यो पनि प्रमुख कारण रहेको बुझिएको छ। दीपिका निर्माणाधिन फिल्म ‘फाइटर’को सुटिङ पुरा गरेपछि ‘प्रोजेक्ट के’को काममा व्यस्त हुनेछिन्।

प्रकाशित मिति : २४ जेठ २०८०, बुधबार  ९ : ०४ बजे

युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु

मस्को – गत साता रूसले गरेको आक्रमणको जवाफमा युक्रेनले सोमबार

ब्राउन सुगरसहित एक जना पक्राउ

वीरगञ्ज – प्रहरीले १६.५७ ग्राम ब्राउनसुगरसहित एक जना भारतीय नागरिक

सरकार र मृतक मेहताको परिवारबीच सातबुँदे सहमति

काठमाडाैं – सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्मा यही साउन १० गते

धनकुटामा किसानको सहभागितामा कोदोका १० जातको परीक्षण सुरु

धनकुटा – धनकुटा नगरपालिकामा खाम्बेलामा कोदोका १० विभिन्न जातका कार्यमुखी

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै पाटेबाघ

कञ्चनपुर – कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्याप्त आहारा प्रजातिको उपलब्धता