प्रतिनिधिसभा बैठक सुरु, शून्य समयमा बोल्दै सांसद « Khabarhub

प्रतिनिधिसभा बैठक सुरु, शून्य समयमा बोल्दै सांसद


२४ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।

संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान सवा ११ बजे बैठक सुरु भएको हो।

बैठकको सुरुवातमा अहिले सांसदहरुले शून्य समयमा आफ्नो धारणा राखिरहेका छन्।

नेकपा एमालेका सांसद अमरबहादुर थापाले दैलेख जिल्लामा पेट्रोलियम पदार्थको उत्खनन् हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए।

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सहकारीले असुलेको रकमबाट पीडित बनेकाहरुलाई न्याय दिन बनेको सरकारले गठन गरेको टीलीको खोजी गरे। उनले मिटरब्याजीको समस्या समाधान हुन नसकेको पनि बताए।

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सडकको गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिए।

शू्न्य समय पछि आर्थिक वर्षको बजेटमाथि छलफल सुरु हुनेछ । सोमबार सुरु भएको बजेटमाथिको छलफल सकिन केही दिन लाग्नेछ।

प्रकाशित मिति : २४ जेठ २०८०, बुधबार  ११ : १९ बजे

सुदन र मिराजलाई रक्षा बमको चेतावनी : चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नुहोस्

काठमाडौं – जेन-जी अभियान्ता रक्षा बमले अर्का भगौडा जेन-जी मिराज

निर्वाचन ७३ दिन बाँकीः कस्तो छ समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत ?

काठमाडौं – राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार