‘भारत जाने दिनै नागरिकता विधेयक प्रमाणीकरण हुनु संयोग मात्रै हो’ « Khabarhub

‘भारत जाने दिनै नागरिकता विधेयक प्रमाणीकरण हुनु संयोग मात्रै हो’


२४ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू भारत भ्रमणमा जाने दिनमै राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण हुनु संयोग मात्रै भएको बताएका छन् ।

बुधबार बसेको राष्ट्रियसभा बैठकमा उनले आफ्नो भारत भ्रमणमा जाने दिनमै नागरिकता विधेयक प्रमाणीकरण हुनु संयोग मात्रै भएकाले शंका उपशंका गरिनुको कुनै तुक नरहेको बताए ।

नागरिकता विधेयकका विषयमा पूर्वप्रधानन्यायाधिवक्तासहितको छलफलको सुझावको आधारमा सरकारले नागरिकता विधेयक प्रमाणीकरण गर्नु उचित हुने राष्ट्रपतिलाई सुझाव दिएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

दुवै सदनले पारित गरेर प्रमाणीकरणका लागि पठाइएको नागरिकता विधेयक विचाराधीन अवस्थामा नरहेको भन्दै उनले उक्त विधेयक प्रमाणीकरण नगर्दा गलत नजिर बस्ने खतरा रहेको जनाए । तर, यसबारे अदालतमा रिट परेको र अदालतबाट हुने फैसलालाई सम्मान गरिने प्रधानमन्त्रीको भनाइ छ ।

प्रकाशित मिति : २४ जेठ २०८०, बुधबार  १ : ०२ बजे

निर्वाचन आउन ३० दिन बाँकीः मतदाता नामावलीमा नाम नभएका पनि उम्मेदवार !

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ २० गते मंगलबार फागुन

आज २०८२ साल माघ २० गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २० गते मंगलबार फागुन

सिक्लेसमा एकै महिनामा पाँच हजार ५३ पर्यटक

गण्डकी – सन् २०२६ को जनवरीमा कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा