नागरिकता विधेयक प्रमाणीकरणपछि प्रवासी नेपाली खुसी : माधव नेपाल « Khabarhub

नागरिकता विधेयक प्रमाणीकरणपछि प्रवासी नेपाली खुसी : माधव नेपाल


२४ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले नागरिकता विधेयक प्रमाणीकरण पछि प्रवासी नेपालीहरु खुसी भएको बताएका छन् ।

प्रवासी नेपाली एकता मञ्चको पहलमा अष्ट्रेलिया र न्युजिल्याण्डको भ्रमण सम्पन्न गरि स्वदेश फर्किएका अध्यक्ष नेपालले लामो समयदेखि रोकिएको नागरिकता विधेयक प्रमाणीकरण पछि प्रवासी नेपालीहरूको समस्या समाधान भएको प्रति उनीहरु उत्साहित भएको बताएका हुन् ।

उनले अस्ट्रेलियामा नेपालबाट नेपाली विमान सिधै जानका लागि पहल भइरहेको जानकारी पाएको उल्लेख गरे । प्रधानमन्त्रीको भारत भ्रमणका बारेमा आफू बाहिर रहँदा पनि प्रधानमन्त्री र नेताहरूसंग कुराकानी गरेको अव यस विषयमा थप छलफल गर्ने उनले बताए ।

त्यस्तै उनले बजेटका विषयमा आएका चर्चाका विषयमा आफू जानकार रहेको भन्दै यस विषयमा पनि प्रधानमन्त्रीसँग छलफल गर्ने जानकारी दिए ।

सगरमाथाको आरोहणको ७० औं वर्षदिवसको कार्यक्रममा सहभागी भएर अध्यक्ष नेपाल स्वदेश फर्किएका हुन् ।

प्रकाशित मिति : २४ जेठ २०८०, बुधबार  १ : ५६ बजे

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान