सिर्सियाबासीका समस्या सम्बोधन गर्न सरकार गम्भीर : गृहमन्त्री श्रेष्ठ | Khabarhub Khabarhub

सिर्सियाबासीका समस्या सम्बोधन गर्न सरकार गम्भीर : गृहमन्त्री श्रेष्ठ


२४ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सिर्सिया नदीको प्रदूषण रोक्न माग गर्दै काठमाडौंको माइतिघरमा धर्नामा बसेका स्थानीयलाई छलफलका लागि सिंहदरबार आउन आग्रह गरेका छन् ।

बुधबार धर्नास्थल माइतिघर पुगेर श्रेष्ठले आन्दोलनरत पक्षले राखेका विषयहरूमा सरकार सकारात्मक रहेको भन्दै छलफलमा बसेर निष्कर्षमा पुग्नुपर्ने बताएका हुन् । उनले सिर्सिया नदीलाई स्वच्छ राख्नुपर्ने विषयलाई सम्बोधन गर्न तत्कालीन र दीर्घकालीन समाधानका लागि सरकार गम्भीर रहेको बताए । उनले सिर्सियाबासीको समस्या राज्यको पनि समस्या भएकाले सरोकारवाला मन्त्रालयहरूसँग पनि छलफल गरिने प्रतिवद्धता जनाए ।

कलकारखानाबाट निस्किएको फोहर सिँधे मिसाइँदै नदीमा प्रदुषण बढेको भन्दै उनीहरूले काठमाडौंमा धर्ना दिँदै आएका छन् । उनीहरूले सिर्सिया नदीको पानी भरिएको बोतल गृहमन्त्रीलाई देखाएका छन् ।

त्यस्तै बुधबार नै गृहमन्त्री श्रेष्ठले माइतिघरमा सहकारी पीडितको आन्दोलनमा पुगेर यस विषयको समाधान खोज्ने प्रतिवद्धता जनाए । उनले सहकारीका बचतकर्तामाथि न्याय हुने गरि सरकारले उपयुक्त कदम चाल्ने आश्वासन दिए ।

मन्त्री श्रेष्ठले सहकारीका बचतकर्ताहरूको समस्याका बारेमा सरकार जानकार रहेको र समाधानका लागि समिति गठन गरिसकेको भन्दै पीडितको समस्या समाधान हुने जिकिर गरे ।

 

प्रकाशित मिति : २४ जेठ २०८०, बुधबार  २ : ४१ बजे

एमसिसीले आर्थिक विकासको ढोका खोल्ने प्रधानमन्त्रीको विश्वास

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राज्य अमेरिकी सहयोग

अमेरिकाका पचहत्तर हजारभन्दा बढी स्वास्थ्यकर्मीद्वारा हड्ताल शुरू

एजेन्सी – कर्मचारीको स्तरको विवाद सुल्झाउन नसकेपछि कैसर परमानेन्टी नामक

मनाङको स्याउ मनाङमै खपत

मनाङ – हिमाली जिल्ला मनाङको अब मनाङमै खपत हुने भएको

भोलिदेखि मौसम सुध्रने सम्भावना

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसम क्रमिकरूपमा

ठगी कार्यमा संलग्न पाकिस्तानी र अजरबैजनी नागरिक पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिन्छु भन्दै रकम ठगी