राहुल गान्धीले विदेशी भूमिमा भारतको छवि धमिलो पार्न खोजे : भाजपा नेता सुभाष « Khabarhub

राहुल गान्धीले विदेशी भूमिमा भारतको छवि धमिलो पार्न खोजे : भाजपा नेता सुभाष


२४ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतको सत्तारुढ भारतीय जनता पार्टी भाजपाका एक जना नेताले भारतीय राष्ट्रिय काङ्ग्रेस पार्टीका नेता राहुल गान्धीले विदेशी भूमिमा भारतको छवि धमिलो पार्न खोजेको अरोप लगाएका छन् ।

अमेरिकाको सन फ्रान्सिस्कोमा आयोजित एक सभामा काङ्ग्रेस नेता गान्धीले राजदण्डका बारेमा गरेको  टिप्पणीबाट भारतको प्रतिष्ठामा आँच आएको तेलाङ्गाना राज्यका भाजपा प्रवक्ता एनभी सुभाषले बताएका छन् ।

नयाँ संसद् भवनमा स्थापित पवित्र राजदण्डप्रति प्रधानमन्त्री मोदीले दर्शाएको सम्मानबारे कटाक्ष गर्दै गान्धीले संसदमा उनको मूल्यवृद्धि, बेरोजगारी, शिक्षा प्रणालीलगायत जनचासोका विषयलाई वेवास्ता गरेको टिप्पणी गरेका थिए ।

भाजपा प्रवक्ताले भारतीय परम्परा र संस्कृतिलाई विकृत तुल्याउन गान्धी र उनको पार्टी लागेको आरोप लगाए । देशको संस्कृतिलाई गान्धी र उनको दलले अस्वीकार गरेको उनको आरोप छ ।

विदेशमा भारतको छविलाई बदनाम गराउने नेता गान्धीको पुरानो बानी भएकाले त्यसबाट खासै फरक नपर्ने तथा भारतीयले पनि उनलाई विश्वास नगने भन्दै भाजपाका प्रवक्ताले प्रधानमन्त्री नरेन्द्र मोदी जन्मजात हिन्दू भएको, उनमा भारतीय संस्कृति र परम्पराको गहिरो ज्ञान भएकाले राजदण्डप्रति सम्मान प्रदर्शन गरेको बताए ।

नवनिर्मित संसद् भवन उद्घाटनका बेला त्यहाँ स्थापित धार्मिक मान्यताका निधि तथा राजदण्डलाई प्रधानमन्त्री मोदीले साष्टाङ्ग दण्डवत गरेका थिए ।

प्रकाशित मिति : २४ जेठ २०८०, बुधबार  ४ : २७ बजे

अस्पताल भवन निर्माण अलपत्र

खोटाङ– ठेकेदार कम्पनीको लापरबाहीका कारण जन्तेढुङ्गा गाउँपालिका, ५ चिसापानी बजारमा

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान गर्ने

आर्मेनियाली नरसंहारलाई मान्यता दिएको इजरायलको निर्णयप्रति अजरबैजान असन्तुष्ट

बाकु- इजरायलले पहिलो विश्वयुद्धका क्रममा आर्मेनियालीमाथि भएको हत्यालाई नरसंहारका रूपमा औपचारिक

स्वर्णीमको जवाफ- १२ वर्षकै सबैभन्दा अनुशासित बजेट ल्यायौँ, कार्यान्वयनमा शंका नगरौँ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले पछिल्लो १२ वर्षमा सबभन्दा अनुशासित

विष्णु पौडेलको हिरासत म्याद तीन दिन थप

काठमाडौं – सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका  पूर्वअर्थमन्त्री विष्णु प्रसाद