एसईईको नतिजा नआएसम्म कक्षा ११ को भर्ना प्रक्रिया नगर्न महानगरका निर्देशन  « Khabarhub

एसईईको नतिजा नआएसम्म कक्षा ११ को भर्ना प्रक्रिया नगर्न महानगरका निर्देशन 


२४ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले माध्यामिक शिक्षा परीक्षा एसईइको नतिजा नआएसम्म कक्षा ११ को भर्नासम्बन्धी कुनै पनि प्रक्रिया नगर्न महानगरभित्रका विद्यालयलाई निर्देशन दिएको छ ।

केही शैक्षिक संस्थाले कक्षा ११ मा भर्नाका लागि सूचना प्रकाशन गरेको भन्ने उजुरीका सम्बन्धमा आफ्नो ध्यानाकर्षण भएको भन्दै महानगरले एसईईको नतिजा नआएसम्म कक्षा ११ को भर्नासम्बन्धी कुनै पनि प्रक्रिया नगर्न महानगरभित्रका सबै विद्यालयलाई बुधबार परिपत्र गरेको हो । 

‘काठमाडौँ महानगरपालिका भित्र सञ्चालित केही विद्यालयले शैक्षिकसत्र २०८० का लागि कक्षा ११ मा भर्ना गर्न सूचना प्रकाशन गरेको भन्ने उजुरीका सम्बन्धमा यस विभागको ध्यानाकर्षण भएको छ । 

माध्यमिक शिक्षा परीक्षाको नतिजा प्रकाशन नभएसम्म विद्यार्थी भर्ना सम्बन्धी कुनैपनि प्रक्रिया नगर्नुहुन सूचित गरिन्छ,’ महानगरको परिपत्रमा उल्लेख गरिएको छ । 

प्रकाशित मिति : २४ जेठ २०८०, बुधबार  ५ : ३२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै