भूमिहीन सुकुमबासीले पाए लालपूर्जा « Khabarhub

भूमिहीन सुकुमबासीले पाए लालपूर्जा


२४ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले भूमिहीन दलित तथा सुकुम्वासीलाई जग्गाधनी लालपूर्जा वितरण थालेको छ । 

बुधबार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठले इलाम र झापाका ५४ परिवार भूमिहीन सुकुमबासीलाई जग्गाधनी लालपूर्जा प्रदान गरेकी हुन् । 

झापाको कनकाई नगरपालिकाका २९ र  इलामको चुलाचुली गाउँपालिकाका २५ परिवारले पुर्जा पाएका हुन् । ‘यो देशमा हजारौं भूमिहीन, दलित तथा सुकुमबासी हुनुहुन्छ, उहाँहरूको पीडा र मर्का मलाई राम्रैसँग थाहा छ । आज उहाँहरूलाई जग्गाधनी लालपुर्जा दिने ठाउँमा पुगेको छु’, पुर्जा हस्तान्तरण गर्दै मन्त्री श्रेष्ठले भनिन्, ‘मैले नेतृत्व लिएर आएदेखि देशभर भूमिहीनलाई जमिन उपलब्ध गराउन द्रुतगतिमा काम भइरहेको छ । जसको नतिजा आजदेखि देखिँदैछ । आजदेखि औपचारिक रूपमा हामीले भूमिहीनलाई पुर्जा वितरण सुरु गयौं, यो अभियान देशभर चुस्तदुरुस्त जान्छ ।’

भूमिहीन दलित सुकुमबासीलाई भूमि माथिको पहुँच पुर्‍याउने उद्देश्यका साथ तीन तहका सरकारको साझा कार्यक्रमको रुपमा अघि बढिरहेको भन्दै अब कोही पनि नेपाली नागरिक भूमि अधिकारबाट वञ्चित हुनु नपर्ने बताइन्  ।

प्रकाशित मिति : २४ जेठ २०८०, बुधबार  ६ : ०५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै