सहिद स्मारक ए डिभिजन लिगमा मछिन्द्रको सहज जित « Khabarhub

सहिद स्मारक ए डिभिजन लिगमा मछिन्द्रको सहज जित


२४ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मछिन्द्र फुटबल क्लबले हिमालयन शेर्पा क्लबमाथि सहज जित निकालेको छ । 

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले हिमालयन शेर्पालाई ३-१ गोल अन्तरले पराजित गरेको हो । खेलको २६ औं मिनेटमा विमलले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाएका थिए । पुजन उपरकोटीको क्रसमा विमल घर्ती मगरले हेडरमार्फत उत्कृष्ट गोल गरे । खेलको ६८ औं मिनेटमा आफिज ओलावालेले गोल गर्दै मछिन्द्रको अग्रता २-० को बनाए । खेलको ७७ औं मिनेटमा ओलावालेले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रलाई ३–० को अग्रता दिलाए ।  खेलको ९० औं मिनेटमा हिमालयनका पिस्टोनले फ्रिकिकमार्फत गोल गरेपनि मछिन्द्र ३–१ ले विजयी भयो ।

जितसँगै मछिन्द्रले २५ खेलमा ४२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । हिमालयनले २५ खेलमा ३१ अंक जोडेको छ । त्यस्तै बुधबार नै भएको खर्को खेलमा  न्युरोड टिम एनआरटीले मनाङ मर्स्याङ्दी क्लबलाई १–० गोल अन्तरले पराजित गरेको छ । 

एनआरटीको जितमा दिपेश आले मगरले खेलको १७ औं मिनेटमा निर्णायक गोल गरे । जितसँगै एनआरटीले २५ खेलमा ३३ अंक जोडेको छ । मनाङको २५ खेलमा ३२ अंक रहेको छ । 

प्रकाशित मिति : २४ जेठ २०८०, बुधबार  ७ : ०२ बजे

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।