मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकको निर्णय « Khabarhub

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकको निर्णय


२४ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेश निजामती सेवा ऐन, २०७९ (पहिलो संशोधन) अध्यादेश, २०८० लाई प्रतिस्थापन गर्ने विधेयक प्रदेशसभामा पेस गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बसेको बैठकले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न जारी भएको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक प्रदेशसभामा पेस गर्ने निर्णय गरेको हो ।

बैठकले कोशी प्रदेश विद्युतीय शासन रणनीति तथा मार्गचित्र, २०८० स्वीकृत गर्ने, खाँदबारी नगरपालिका सङ्खुवासभाको वडाको सिमाना हेरफेर गर्न नेपाल सरकारसमक्ष सिफारिस गर्ने, उच्चस्तरीय प्रशासन सुधार कार्यदलको म्याद थप गर्ने, प्रदेश सहयोग कार्यक्रमका सम्बन्धमा नेपाल सरकार र स्वीस सरकारबीच द्विपक्षीय सम्झौता नवीकरणका लागि नेपाल सरकार, अर्थमन्त्रालयलाई पत्राचार गर्ने, प्रदेशस्तरीय आयोजना छनोट तथा वर्गीकरणसम्बन्धी कार्यविधि, २०८० र प्रदेश आयोजना बैंक व्यवस्थापन कार्यविधि, २०८० लाई स्वीकृत गर्ने निर्णय गरेको छ ।

सोही बैठकले पहिचानवादीसँग वार्ताका लागि खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङ्बोको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । टोलीमा कोशी प्रदेश सरकारका प्रवक्ता तथा उद्योग, कृषि तथा  सहकारी मन्त्री भक्तिप्रसाद सिटौला र सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी सदस्य रहने व्यवस्था गरेको छ ।

प्रकाशित मिति : २४ जेठ २०८०, बुधबार  ७ : २२ बजे

मानव जीवनको मर्यादा सम्मान गर्न आह्वान गर्दै पोप लियोको फ्रान्स भ्रमण

भ्याटिकन सिटी- पोप लियो चौधौँ सप्ताहन्त भ्रमणका लागि फ्रान्स जाँदै

वर्षाका कारण ल्याण्डफिल साइट प्रभावित, महानगरले भन्यो ‘घरको फोहोर बाहिर ननिकाल्नु’ 

काठमाडौं– अविरल वर्षाका कारण ल्याण्डफिल साइटतर्फ जाने सडक प्रभावित भएपछि

पश्चिमी नेपालतर्फ सर्दै न्यूनचापीय प्रणाली : आगामी २-३ दिन उच्च सतर्कता अपनाउन विभागको अपिल

काठमाडौं– बंगालको खाडीमा बनेको न्यूनचापीय प्रणालीका कारण विगत दुई दिनदेखि

काठमाडौं तथा भरतपुर जाने खण्डमा पहिरो : यातायात प्रभावित

दमौली– तनहुँबाट मुग्लिङ हुँदै काठमाडौँ तथा भरतपुर जाने सडकखण्डमा पहिरोका

विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन आग्रह

दाङ– लुम्बिनी प्रदेश सरकारले सम्भावित विपद् प्रतिकार्यका लागि उच्च सतर्कता