अलपत्र यात्रुको उद्धारका लागि एयर इन्डियाको विमान रूस पठाइने | Khabarhub Khabarhub

अलपत्र यात्रुको उद्धारका लागि एयर इन्डियाको विमान रूस पठाइने


२४ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतको राष्ट्रिय ध्वजाबाहक एयर इन्डियाले इन्जिनमा आएको खराबीका कारण रुसमा आपतकालीन अवतरण गरेको अमेरिका जाने विमानबाट फसेका यात्रुलाई ल्याउन बुधबार मुम्बईबाट प्रतिस्थापन विमान पठाउने जनाएको छ ।

एयर इन्डियाको दिल्ली–सान फ्रान्सिस्को उडानको एउटा इन्जिनमा खराबी आएपछि मंगलबार रूसको सुदूर पूर्वी क्षेत्रको मगदान विमानस्थलमा अवतरण गर्न बाध्य भएको थियो ।

एयर इन्डियाका अनुसार प्रतिस्थापन विमानमा अलपत्र परेका यात्रुका लागि खाद्यान्न र अन्य आवश्यक सामग्रीहरू पनि लग्ने बताइएको छ ।

एयर इन्डियाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आवश्यक नियामकीय स्वीकृतिको अधीनमा रहेर मुम्बई इन्डिया (बीओएम) बाट जीडीएक्स (मगदान–रूस) का लागि स्थानीय समय अनुसार बुधबार बिहान १३ः०० बजे उडान भर्नेछ ।’

एयर इन्डियाले प्राविधिक गडबडीको विस्तृत विवरण उपलब्ध गराएको छैन । एयर इन्डियाले भनेको छ, ‘दुर्गम विमानस्थलको वरिपरिको पूर्वाधार सीमिततालाई ध्यानमा राख्दै,स्थानीय सरकारी अधिकारीहरूको सहयोगमा उनीहरूको यथोचित व्यवस्थापन गरिएको छ ।’

प्रकाशित मिति : २४ जेठ २०८०, बुधबार  ८ : ०८ बजे

ओलीले भने : लोकतन्त्र र दलीय व्यवस्थाको विकल्प छैन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री

‘सुरुङमार्ग र नयाँ ट्र्याक नबनाए नारायणगढ-मुग्लिन सडकको सास्ती अझै बढ्छ’

संघीय राजधानी काठमाडौंलाई देशका अन्य भागसँग जोड्ने नारायणगढ-मुग्लिन सडक दुई

बत्ती बालेर हटाइँदैछ तुइन खोलाको पहिरो, आजै रातिबाट गाडी चल्ने

चितवन- मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५, तुइन खोला पुलनजिकको पहिरो

सडकमा जित्यौं, तर राजनीतिक रूपमा हार्यौं: ज्ञानेन्द्र शाही

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले हालैको