कैलालीमा मोटरसाइकलबाट खस्दा महिलाको मृत्यु « Khabarhub

कैलालीमा मोटरसाइकलबाट खस्दा महिलाको मृत्यु


२४ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कैलालीमा मोटरसाइकलबाट खस्दा एक जना महिलाको मृत्यु भएको छ ।

जिल्लाको भजनी जगरपालिका –८ का ओमप्रकाश डगौराले चलाएको बा ५६ प ४६२१ नम्बरको मोटरसाइकल पछाडि सवार सोही ठाउँकी ५० वर्षीया जानकीदेवी डगौराको मृत्यु भएको हो । भजनी नगरपालिका–३ ठेकीपुलदेखि भजनी गोरचौरा जाँदै गर्दा उनी खसेकी थिइन् । डगौरा पछाडिबाट खसेपछि उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।

उनको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २४ जेठ २०८०, बुधबार  ८ : ३८ बजे

एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ- नेकपा एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक अहिले

अर्थसहित तीवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दैछ ।

साँगुरीगढीबाटै थायी लेखा नम्बर वितरण : सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

धनकुटा- धनकुटाको साँगुरीगढी गाउँपालिकाले व्यक्तिगत तथा नयाँ व्यवसाय दर्ताका लागि

नेपाल र ग्रेनाडाबीच कूटनीतिक सम्बन्ध स्थापना

असोज – नेपाल र ग्रेनाडाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना

उद्योग कार्यालयका सेवा अब ‘अनलाइन’मा

चितवन– बागमती प्रदेश मातहतको उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय भरतपुरले