स्वास्थ्य शरीरका लागि माछा खानुका फाइदा « Khabarhub

स्वास्थ्य शरीरका लागि माछा खानुका फाइदा


२२ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – माछा प्राय धेरैलाई मनपर्छ। माछा खानुका धेरै फाइदा पनि छन्। हाम्रो मुटु, मस्तिष्कलाई आवश्यक हुने तत्त्व माछामा पाइने विज्ञ बताउँछन्। माछामा भिटामिन, मिनिरल र पोषण भरपुर मात्रामा पाइन्छ। यसका साथै प्रोटिन, ओमेगा–३, फ्याटी एसिड, भिटामिन कम्प्लेक्स, क्याल्सियम जस्ता गुण पनि पाइन्छ।

कम बोसोयुक्त स्वास्थ्यवर्धक माछा सातामा एक पटक खाँदा मात्र निकै धेरै लाभ पाउन सकिन्छ। यसले शारीरिक, मानसिक र मुटुको स्वास्थ्यका लागि फाइदा पुर्याउँछ। माछामा भिटामिन डी पनि पाइने भएकाले घाम बाहेक भिटामिन डी को लागि अर्को उत्तम विकल्प हो। जसले निद्रालाई नियमित गर्दछ। माछामा ओमेगा–३ र फ्याटी एसिड हुन्छ। यसले मुटुको धमनी स्वास्थ्य र सुचारु राख्न सहयोग गर्छ।

माछामा भिटामिन, मिनिरल र पोषण भरपुर मात्रामा पाइन्छ। यसका साथै प्रोटिन, ओमेगा–३, फ्याटी एसिड, भिटामिन कम्प्लेक्स, क्याल्सियम जस्ता गुण पनि पाइन्छ।

खासगरी मुटुको रोगीलाई माछाको सेवन लाभदायक हुन्छ। यसले रगत पातलो गर्छ। माछा खानाले ठुला मान्छेलाई मात्र होइन बालबालिकामा पनि फाइदा पुर्याउँछ। जस्तो: बच्चामा लाग्ने सामान्य रोगबाट बच्न सकिन्छ।

बुँदामा माछा सेवनका फाइदा
– यदि कसैलाई उच्च रक्तचापको समस्या छ भने माछा सेवन गर्नु निकै फाइदाजनक हुन्छ।
– माछा सेवनले शरीरमा कोलोस्टोरको स्तर कम गर्न मद्दत गर्छ।
– माछाले मुटुलाई स्वस्थ राख्न निकै मद्दत गर्छ।
– माछाको सेवन मधुमेह रोगीका लागि एकदमै लाभदायक हुन्छ। किनकी यसले मधुमेहको स्तर घटाउन निकै मद्दत गर्दछ।
– माछाको सेवन गर्ने मानिसमा दृष्टि कमजोर हुने समस्या विस्तारै घटेर जान्छ।
– छालाको समस्यामा पनि माछाको सेवनले अनुहारको फुस्रोपन, दाग आदि हटाउन सहयोग गर्छ।
– माछाको सेवनले अनिद्रा हटाएर मानिसमा निद्रा जगाउन मद्दत गर्छ।
– माछाले गर्भवतीका लागि आवश्यक भिटामिन, मिनिरल, पोषणको पूर्ति गर्छ।
– माछाको सेवनले मस्तिष्कलाई सधैँ ताजा र तेज राख्न मद्दत गर्दछ।
– माछामा प्रशस्त भिटामिन डी पाइने भएकोले क्याल्सियमका कारणले शरीरका हड्डी मजबुत बनाउने काम गर्छ।
– माछाको सेवनले मान्छेमा हार्ट अट्याक हुनबाट बचाउन सहयोग गर्छ।
– नियमित माछा खनाले शरीरको तौल घटाउन पनि महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ।
– माछा सेवनले कलेजामा लाग्ने रोगबाट बच्न सकिन्छ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ७ : ०२ बजे

निर्धक्क साथ मतदान गर्न गृहमन्त्री अर्यालको आग्रह

काठमाडौं–  गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

काठमाडौंका सडकमा ह्वात्तै घट्यो सवारी चाप (तस्बिरहरू)

काठमाडौं– बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि उपत्यकाका अधिकांश मानिसहरू भोट

निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ

लुम्बिनी– बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित

सौन्दर्यकरणका लागि गलेश्वरको सडकमा ‘स्लेट’

म्याग्दी– बेनी नगरपालिका–९ स्थित म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल गलेश्वरको बजारभित्रको

निर्वाचन लक्षित स्वास्थ्य सतर्कता : सिभिलले बनायो १३ सदस्यीय समिति 

काठमाडौं– प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निजामती कर्मचारी अस्पताल ‘हाई अलर्ट’