ललिता निवास जग्गा प्रकरणमा पाँच पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी « Khabarhub

ललिता निवास जग्गा प्रकरणमा पाँच पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी


२२ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा पाँचजना पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

तत्कालीन सचिवहरू युवराज भुसाल, दीप बस्न्यात, छविराज पन्त, दिनेश अधिकारी र नारायणगोपाल मलेगोविरुद्ध अदालतबाट पक्राउ पूर्जी जारी गरिएको हो ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा लैजाने गरी भएका निर्णयमा उनीहरूको संलग्नता देखिएकाले पक्राउ पुर्जी जारी गराएर प्रहरीले अनुसन्धान अघि बढाएको हो ।

सो प्रकरणमा तत्कालीन १७ जना पूर्वसहसचिवविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । पक्राउ पुर्जी जारी भएका तत्कालीन सहसचिव मध्ये सुधीर शाह हिरासतमा छन् भने कलाधर देउजा सर्वोच्चको आदेशबाट छुटेका छन् ।

पूर्व सचिव र सहसचिवहरुलाई प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय, भौतिक पूर्वाधार, भूमिसुधार मन्त्रालयलगायतका मन्त्रालयमा रहँदा सरकारी जग्गा ब्यक्तिको नाममा लैजान सहयोग गरेको आरोपमा अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूको बयानका आधारमा प्रहरीले थप व्यक्तिहरूविरुद्ध पक्राउ पुर्जी गराउने तयारी गरेको बुझिएको छ ।

सो प्रकरणमा प्रहरीले पूर्वसचिवहरुसमेत गरी ४०६ जनाविरुद्ध अदालतबाट पक्राउ पुर्जी लिइसकेको बुझिएको छ । तीमध्ये कतिपयलाई हिरासतमा लिएर अनुसन्धान अघि बढाइएको छ भने कतिपयको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

११२ रोपनी जग्गा हिनामिना प्रकरणमा चार वटा मुद्दामा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ९ : ३८ बजे

भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा छापा, १० जना पक्राउ

काठमाडौँ- भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा भारतीय सुरक्षाकर्मीले छापा

चितवनमा सडक जाम गरेर सभा गर्न खोज्ने तीन जना पक्राउ

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनले सडक जाम गरेर सभा

घुससहित भन्सार अधिकृत पक्राउ

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको वैदेशिक

काठमाडौँ महानगरलाई निर्वाचन आयोगले किन सोध्यो स्पष्टीकरण ?

काठमाडौं- निर्वाचन आयोगले काठमाडौं महानगरपालिकालाई स्पष्टीकरण सोधेको छ । आयोगले

ओलीका चुनावी कमाण्डर दाहालले भने : यो निर्वाचन देश जलाउने र बनाउने बीचको हो

गौरीगञ्ज – नेकपा एमालेका केन्द्रिय सदस्य तथा झापा निर्वाचन क्षेत्र