एनभीए क्लब लिग भलिबलको खेल तालिका सार्वजनिक « Khabarhub

एनभीए क्लब लिग भलिबलको खेल तालिका सार्वजनिक


२२ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


660
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भोलिबाट सुरु हुने एनभीए राष्ट्रिय भलिबल क्लब लिग प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

नेपाल भलिबल संघले सातौँ संस्करणको प्रतियोगितामा पुरुषतर्फ ७ तथा महिलातर्फ ६ टिम समावेश गरी तालिका सार्वजनिक गरेको हो ।

संघका अनुसार शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा हुने उद्घाटन खेलमा महिलातर्फ नेपाल पुलिस क्लब र गण्डकी प्रदेश तथा पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र शैलुङ बागढुंगा क्लब रामेछाप भिड्नेछन् ।

प्रतियोगितामा महिलातर्फ नेपाल पुलिस क्लबसँगै न्यु डायमण्ड स्पोर्टस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश र एभरेष्ट गरि ६ टिमले प्रतिस्पर्धा गर्दैछन् ।

यसैगरी, पुरुषमा हेल्प नेपाल, त्रिभुवन आर्मी, एपीएफ क्लब, पुलिस क्लब, गण्डकी प्रदेश, दावली मिलन क्लब र शैलुङ बागढुङ्गा गरि ७ टिमले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता असार ३० गतेसम्म चल्नेछ ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  १० : ३६ बजे

अटो रिक्साको ठक्करबाट बालकको मृत्यु

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका–२ मिलनचोकमा अटोरिक्साले मोटरसाइकललाई ठक्कर दिँदा एक

ग्लोबल साउथको आर्थिक पहुँचमा केन्द्रित ब्रिक्स सम्मेलन सम्पन्न, तनावबीच सहकार्यको खोजी

काठमाडौं– नयाँ दिल्लीमा ब्रिक्स शिखर सम्मेलन सम्पन्न भएको छ ।

जिप दुर्घटना अपडेड : मृतकको पहिचान खुल्यो

त्रिवेणी– रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ कोटगाउँमा  जिप दुर्घटना हुँदा मृत्यु

स्रोत नखुलेको नगदसहित पक्राउ

काठमाडौं– काठमाडौँ महानगरपालिका–२६ ठमेलबाट स्रोत नखुलेको नगद १३ लाख ७५