आदिकवि भानुभक्तको जन्मजयन्ती तीन दिन मनाइने « Khabarhub

आदिकवि भानुभक्तको जन्मजयन्ती तीन दिन मनाइने


२२ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

तनहुँ– राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती तीन दिनसम्म विविध कार्यक्रम आयोजना गरी मनाइने भएको छ ।

आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा दीपावली, खुला कविता प्रतियोगिता र रामायण वाचन प्रतियोगिता गरिने आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले जानकारी दिए । 

उनका अनुसार नेपाली साहित्यको  प्रवर्द्धन गर्ने उद्देश्यले उक्त प्रतियोगितामा देशभरका साहित्यकारलाई निम्तो गरिएको बताए ।

खुला कविता प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय  हुनेलाई क्रमशः १० हजार, सात हजार र पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । 

यस्तै, रामायण वाचनतर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः पाँच हजार, तीन हजार र एक हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागिताका लागि इमेलबाट पनि कविता पठाउन सकिने व्यवस्था गरिएको छ । [email protected] मा पठाउन सकिने आयोजकले जनाएको छ । 

उक्त कार्यक्रममा साहित्यिक क्षेत्रका विभिन्न व्यक्तिलाई सम्मान समेत गरिनेछ । जन्मजयन्तीको कार्यक्रममा बालन, कुमालका पाउदुरे र मगरका कौरा नृत्य प्रदर्शन गरिने अध्यक्ष ऋषिराम पन्तले जानकारी दिए ।

छायाङ्कन हुँदै आदिकवि सम्बन्धी गीत 

‘भानुभक्त आचार्य हुन् नेपालका आदिकवि
साहित्यका शिखरको चहकिलो रातो छवि
रामायण लेखे उनले, अकविता मेटे उनले
साहित्यको यौटा नयाँ मूल बाटो भेटे उनले
तनहुँका डाँडाकाँडा त्यसै पनि हराभरा
भानुभक्त जन्मेपछि मुस्कुराई वसुन्धरा’

यो गीत राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यका बारेमा ८२ वर्षीय गायक रामबाबु सुवेदीले लेखेको र गीत गाएका हुन् । भानुभक्तको क्षेत्र र उनका कृतिलाई सदैव जीवन्त राख्नका लागि गायक सुवेदीले भानुभक्तसम्बन्धी बालगीत गाएका हुन् ।

बालबालिकाबाट नै आदिकविको संरक्षण र प्रवर्द्धनमा जोड दिनसके भानुभक्त सदैव जीवन्त रहने उनको बुझाइ छ । उनले माया, पिरती, बिछोडका गीतमा बालबालिकालाई सहभागी गराउनुभन्दा उनीहरूको उमेरलाई सुहाउँदो गीतमा सहभागिता गराउँदा उनीहरूमा सकारात्मकता विकास हुनेको बताए ।

उक्त गीत २१०औँ भानु जयन्तीको अवसरमा सार्वजनिक गर्ने गरी भानुभक्तको गीतमा स्थानीय १२ बालिकालाई सहभागी गराइएको निर्देशक आचार्य गोपालले जानकारी दिए ।

राष्ट्रिय विभूति आदिकवि भानुभक्तलाई उक्त गीतले जीवन्त राख्ने उनको विश्वास छ । भानुभक्तकै जन्मस्थलमा छायाङ्कन गरिएको उक्त गीत यही असार २९ गते २१०औँ भानु जन्मजयन्तीका अवसरमा सार्वजनिक गरिनेछ । 

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  १२ : ११ बजे

आइसीसी टि–२० विश्वकप : अमेरिकालाई हराउँदै भारतको विजयी सुरुवात

काठमाडौं – आइसीसी टि–२० विश्वकप २०२६ मा भारतले विजयी सुरुवात

सुर्खेतबाट ‘खतरनाक खोपडी’ समूहका २५ पक्राउ

कर्णाली – सुर्खेत प्रहरीले वीरेन्द्रनगरमा कालो झण्डासहित मोटरसाइकल र्‍याली निकाल्ने

सर्लाहीमा लक्ष्यभन्दा बढी बालबालिकालाई दादुरा विरुद्धको खोप

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलले सर्लाहीको मङ्गलवा नगरपालिकामा लक्ष्यभन्दा

गुल्मीमा ४८ मतदानस्थल अतिसंवेदनशील सूचीमा

गुल्मी – यहाँका ४८ वटा मतदानस्थल अतिसंवेदनशील सूचीमा रहेका छन्

निर्वाचन प्रहरीको भूमिका महत्वपूर्ण छः गृहमन्त्री अर्याल

नुवाकोट – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने