प्रधानमन्त्रीको राजीनामा माग्दै एमालेबाट आज पनि राष्ट्रियसभा बैठक अवरुद्ध | Khabarhub Khabarhub

प्रधानमन्त्रीको राजीनामा माग्दै एमालेबाट आज पनि राष्ट्रियसभा बैठक अवरुद्ध

प्रधानमन्त्रीलाई जवाफ दिने वातावरण बनाउन अध्यक्ष तिमिल्सिनाको आग्रह


२२ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आज पनि राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ । केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको अभिव्यक्तिलाई लिएर एमालेले प्रधानमन्त्रीको राजीनामा माग गर्दै बैठक अवरुद्ध गरेको हो ।

बैठक सुरु हुनासाथ समय लिएर बोल्दै राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले प्रधानमन्त्रीले आत्मसमर्पणवादी अभिव्यक्ति दिएका पदमा बसिरहने अधिकार गुमाएको बताउँदै राजीनामा माग गरिन् । 

प्रधानमन्त्री दाहालले गत सोमबार आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह पटकपटक दिल्ली धाएको अभिव्यक्ति दिएका थिए।

उनले भनिन्, ‘कहिल्यै कसैको उपनिवेश नभएको हाम्रो मुलुकमा देशकै सम्मानित पदमा रहेका प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको छ। प्रधानमन्त्री ज्यूले आफ्नै पदको निम्ति आत्मसमर्पण गर्नुभयो। प्रधानमन्त्रीको कुर्सीमा बस्ने नैतिक अधिकार गुमाइसक्नुभएको छ। प्रधानमन्त्रीको राजीनामा नआएसम्म आजको कार्यसूची फेरि पनि अगाडि बढ्न सक्दैन।’

बारम्बार एमाले सांसदहरूलाई बस्न आग्रह गर्दा पनि उठेर विरोध जनाइरहँदा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जवाफ दिने वातावरण बनाउन आग्रह गरेका थिए ।

अध्यक्ष तिमिल्सिनाले संसदमा अवरोध जारी रहँदा बजेटमाथिको छलफललाई निष्कर्षमा पुर्याउन नसक्ने र १५ दिनपछि स्वतः प्रतिनिधिसभामा जाँदा राष्ट्रियसभाको भूमिका न्यून हुन जाने स्मरण गराएका थिए ।

तर, अध्यक्षको आग्रहलाई वेवास्ता गर्दै एमाले सांसदहरुले उभिएर विरोध जनाइरहेपछि अध्यक्ष तिमिल्सिनाले आइतबार बिहान ११ बजेर ३१ मिनेटमा बस्ने गरी बैठक स्थगित भएको घोषणा गरेका थिए ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  १ : २१ बजे

सिस्नेरी पहिरोमा परेर ज्यान गुमाउनेको परिवारलाई जनही २ लाख दिने सरकारको निर्णय

मकवानपुर – यही असोज १२ गते सिस्नेरीको पहिरोमा परी मृत्यु

झाझ खोलामा डुबेर बालकको मृत्यु

सर्लाही – जिल्लाको बसवरिया गाउँपालिकास्थित झाझ खोलामा डुबेर एक बालकको

राष्ट्रसङ्घ र अन्य अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालको उपस्थिति महत्वपूर्ण रह्योः परराष्ट्रमन्त्री

काठमाडौं – परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले संयुक्त राष्ट्रसङ्घको ७९

कालढुंगामा फसेका यातायात मजदुरको बिचल्ली, उद्धारमा सरकार निरीह

काठमाडौं- गत शुक्रबार (असोज ११ गते) झापाबाट बा५ख ७३७ नम्बरको

उपभोक्ताको अधिकारप्रति संवेदनशील बन्न मानवअधिकार आयोगको आग्रह

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले आम उपभोक्ताको अधिकारप्रति संवेदनशील बन्न