प्रचण्डले आफूलाई दिल्लीले प्रधानमन्त्री बनाएको प्रमाण बोले, धेरै प्रमाण आउन बाँकी छन् : ओली « Khabarhub

प्रचण्डले आफूलाई दिल्लीले प्रधानमन्त्री बनाएको प्रमाण बोले, धेरै प्रमाण आउन बाँकी छन् : ओली


२२ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले स्वार्थका लागि राष्ट्रको हितमाथि खेलबाड गरेको आरोप लगाएका छन् ।

शुक्रबार कीर्तिपुरमा स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई उद्घाटन गर्दै अध्यक्ष ओलीले बहुमत नभएका पार्टीहरु एक ठाँउ मिलेर स्वार्थ बाँड्दै राष्ट्रको हितमाथि खेलवाड गरेको आरोप लगाएका हुन् ।

ओलीले मुलुकमा संसद भएपनि प्रधानमन्त्री प्रचण्डले आफूलाई दिल्लीले प्रधानमन्त्री बनाएको प्रमाण बोलेको र यस्ता धेरै प्रमाणहरु बाहिर आउन बाँकी रहेको जिकिर गरे ।

भारतले नेपालमा सरकार बनाउँछु भनेर नभनेको अवस्थामा नेपालका प्रधानमन्त्रीले नै नेपालको सार्वभौमसत्ता विपरीत राखेको अभिव्यक्ति साधारण विषय नभएको उनको भनाइ छ ।

त्यस्तै, उनले यसअघि नै मृत अवस्थामा पुगेको नागरिकता विधेयकलाई संविधान मिचेर राष्ट्रपतिले प्रमाणीकरण गरेको आरोप लगाए । गठजोडको अराजनीतिक भागबन्डा, स्वार्थहरुको कित्ताकाटको कारणले अहंकार पलाएर संविधान नमान्ने ठाउँमा गठबन्धन पुगिसकेको उनले बताए ।

त्यस्तै ओलीले ललिता निवास प्रकरणमा छानबिन गरी दोषीहरुलाई कारवाही गर्नुपर्ने स्पष्ट पारे । ललिता निवास प्रकरणको छानविनलाई निष्कर्षमा पु¥याउनै नसक्ने भन्दै ओलीले सरकारले गरिरहेको छानबिन आफू हिरो बन्नका लागि गरिएको स्टन्टबाजीमात्र भएको तर्क गरे ।

ओलीले भारतीय रअ प्रमुखलाई देशको हितको पक्षमा कुरा गर्न आफूले भेटेको भन्दै प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा भारतीय रअ प्रमुखलाई घरमै पुगेर लुकेर भेट गरेको उल्लेख गरे ।

ओलीले कोशी प्रदेशमा मुख्यमन्त्री पदमा नियुक्त गर्दा सभामुखले गठबन्धनको आदेशअनुसार संविधान मिच्ने काम गरेको जिकिर गरे । उनले मुलुकका सबै अंगलाई सरकारले त्रासमा राखेको आरोप लगाए । उनले कोशी प्रदेशमा एमाले नेतामाथि भइरहेको आक्रमणमा सरकारको संलग्नता रहेको समेत बताए ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ३ : ४७ बजे

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली