स्रष्टा समीर नेपालका दुई कृति विमोचन | Khabarhub Khabarhub

स्रष्टा समीर नेपालका दुई कृति विमोचन


२२ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


717
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्रष्टा समीर नेपालका उपन्यास र यात्राकथा गरी दुई कृति आज विमोचित गरिएको छ ।

ओरिएन्टल प्रकाशनद्वारा प्रकाशित उपन्यास ‘वर्षका बिहानीहरू’ र यात्राकथा ‘नबिर्सने यात्रा’ साहित्यकारद्वय मेघराज शर्मा ‘मञ्जुल’ र एसपी कोइरालाले विमोचन गरे । भोजपुरको पोखरेमा आजकै दिन जन्मिएर पठित परिवारमा हुर्किएका समीरका दुई दाजु मञ्जुल र प्रदीप नेपाल साहित्यिक क्षेत्रमा स्थापित भइसकेका छन् ।

कार्यक्रममा समीक्षक डा गीता त्रिपाठीले दुवै कृतिले उनको साहित्यिक व्यक्तित्व खुलाएको टिप्पणी गर्दै पछिल्लो समयमा नियात्रा विधा लोकप्रिय भएको सन्दर्भमा ‘नबिर्सने यात्रा’ को महत्व झन् बढेको बताइन् ।

लामो समयदेखि सामाजिक तथा मानवअधिकारका क्षेत्र हुँदै हाल राजनीतिमा सक्रिय स्रष्टा नेपालले साहित्यिक वातावरण घरमै मिलेकाले आफूलाई लेख्न समस्या नभएको उनको भनाइ छ ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ५ : १४ बजे

यस्तो देखियो संसद् अधिवेशनको पहिलो बैठक (तस्बिरहरू)

काठमाडौं- संघीय संसद्को हिउँदे अधिवेशनको पहिलो बैठक शुक्रबार दिउँसो सुरु भएको

रास्वपाको अवरोधबीच सभामुखले पढ्न थाले राष्ट्रपति कार्यालयबाट जारी भएका पत्र

काठमाडौं – संघीय संसद्को हिउँदे अधिवेशनको पहिलो बैठक शुक्रबार दिउँसो

सर्लाहीको प्लास्टिक उद्योगमा आगलागी, चार करोड बढीको क्षति

बरहथवा– सर्लाहीको ईश्वरपुरमा प्लास्टिक उद्योगमा आगलागी भएको छ । आज बिहान

नवलपुरको सदरमुकाम निर्माण स्थलका रुख काटियो

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको नमुना सदरमुकाम निर्माण स्थलका रुख

जनताको अभिमत बोकेका राजनीतिक दल साँघुरो गल्लीमा सीमित हुनुहुँदैन : सभामुख

काठमाडौं – सभामुख देवराज घिमिरेले आज (शुक्रबार)देखि सुरु भएको संघीय