ललिता निवास प्रकरणमा प्रहरीले दर्ता गराएको ‘भ्याकेट’ बारे विपक्षीलाई जानकारी दिनू : सर्वोच्च « Khabarhub

ललिता निवास प्रकरणमा प्रहरीले दर्ता गराएको ‘भ्याकेट’ बारे विपक्षीलाई जानकारी दिनू : सर्वोच्च


२२ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


705
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा प्रहरीले दर्ता गराएको ‘भ्याकेट’ बारे विपक्षीलाई जानकारी दिन आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको इजलासले ललिता निवास प्रकरणमा प्रहरीले दर्ता गरेको ‘भ्याकेट’ बारे विपक्षीलाई जानकारी दिन आदेश दिएको हो ।

यसअघि २०७९ साउन १९ गते सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पक्राउ नगर्न भनी १७ जनालाई अन्तरिम आदेश जारी गरेको थियो ।

प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सीआईबीले ललिता निवास प्रकरणमा अनुसन्धानका क्रममा पक्राउ परेकाहरुले आफूहरुलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएका थिए ।

सर्वोच्चको उक्त अन्तरिम आदेश खारेजीको माग गर्दै सीआईबीले भ्याकेट निवेदन दर्ता गराएको हो । अदालतले भ्याकेटबारे ती १७ जना विपक्षीलाई २४ घण्टाभित्र जानकारी दिएर इजलासमा पेश गर्न आदेश दिएको हो ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ६ : २९ बजे

कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त, आवतजावत ठप्प

बागलुङ– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बाग्लुङ जोड्ने मालढुंगा

आईएमएफद्वारा ऋण ढाँचामा सुधारको प्रस्ताव

एजेन्सी- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०१८ पछि पहिलो पटक

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ

महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

महेन्द्रनगर– लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि