गैंडा मारेको २५ वर्षपछि फरार अभियुक्त पक्राउ « Khabarhub

गैंडा मारेको २५ वर्षपछि फरार अभियुक्त पक्राउ


२२ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गैंडा मारेर खाग बिक्री गरेको अभियोगमा १० वर्ष कैद सजाय पाएर फरार रहेका एक जनालाई चितवन राष्ट्रिय निकुञ्जले २५ वर्षपछि पक्राउ गरेको छ ।

निकुञ्जको टोली र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना खड्गदल गणको संयुक्त टोलीले २५ वर्षदेखि फरार रहेका चितवनको कालिका नगरपालिका–२ का ५६ वर्षीय मिने साइला भनिने भीमबहादुर थापा क्षेत्रीलाई पक्राउ गरेको हो ।

विभिन्न स्थानमा लुकीछिपी बस्दै आइरहेका थापालाई बिहीबार साँझ पक्राउ गरी भरतपुर कारागार चलान गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

चितवन राष्ट्रिय निकुञ्जको २०५७ माघ २५ गते फैसला अनुसार भीमबहादुरलाई १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना सजाय फैसला गरेको थियो ।

भीमबहादुरलाई २०५५ कात्तिक २८ गते निकुञ्जको अमृते पोष्टबाट करिव डेढ किलोमिटर पूर्व पन्ना खोला नजिक खाल्डोमा गैंडा मारेर खाग लगेको अभियोगमा दोषी ठहर गरिएको थियो ।

 

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ७ : ३० बजे

अमेरिकाको म्यासाचुसेट्स तटमा मेडिकल विमान दुर्घटना, ६ जनाको मृत्यु भएको आशंका

 काठमाडौं – अमेरिकाको म्यासाचुसेट्स राज्यको तट नजिक मेडिकल ट्रान्सपोर्ट विमान बेपत्ता

होर्मुज तनावबीच मध्यपूर्वबाट तेल निर्यात बढ्यो

काठमाडौं – होर्मुज जलडमरूमध्यमा पानीजहाजमाथि आक्रमणका घटना भइरहे पनि इरानबाहेक मध्यपूर्वबाट हुने

केन्द्रीय समितिबाट विभिन्न प्रतिवेदन पारित

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि केन्द्रीय समितिबाट विभिन्न प्रतिवेदन

भक्तपुरको प्लास्टिक दाना बनाउने कारखानामा आगलागी

भक्तपुर– सूर्यविनायक नगरपालिका–८ जगातीस्थित कँपलिचोकमा सञ्चालित प्लास्टिक दाना बनाउने कारखानामा आज

कांग्रेस उपसभापतिमा विनोद चौधरीको दाबी

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य विनोद चौधरीले पार्टीको