‘हाइटीको राजनीतिक गतिरोध शीघ्र समाधान हुनुपर्छ’ « Khabarhub

‘हाइटीको राजनीतिक गतिरोध शीघ्र समाधान हुनुपर्छ’


२२ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घ लागि चीनका स्थायी प्रतिनिधिले हाइटीको राजनीतिक गतिरोध शीघ्र समाधान गर्नुपर्नेमा जोड दिँदै त्यहाँका जनताले गरेका निर्णयहरूको पूर्ण सम्मान हुनुपर्ने बताएका छन् ।

स्थायी प्रतिनिधि झाङ जुनले सुरक्षा परिषद्को बैठकमा हाइटीको बिग्रँदै गएको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै त्यहाँ वैध, प्रभावकारी र जिम्मेवार सरकार बिना सङ्कट समाधान नहुने बताए । उनले कुनै पनि बाह्य प्रयासले समस्याको दिगो समाधान नहुने उल्लेख गर्दै हाइटीमा आधारभूत सुरक्षाको प्रत्याभूति अपरहार्य भएको बताए ।

हिंसात्मक गतिविधि अविलम्ब अन्त्य गर्न उनले सम्बद्ध पक्षलाई आह्वान पनि गरे । सामूहिक हिंसाको वृद्धिलाई रोक्न र सबैभन्दा आधारभूत सुरक्षा र सुरक्षाको ग्यारेन्टी गर्ने पूर्ण सुरक्षाको वातावरण सृजना गर्नु तथा आधारभूत मानवीय आवश्कताको आपूर्तिमा अवरोध हुन नहुने बताउँदै राजदूत झाङले राजनीतिक सङ्क्रमणको अन्त्यका निम्ति आवश्यक प्रक्रियालाई तत्काल अगाडि बढाउनुपर्ने सुझाव दिए ।

हतियारको तस्करी रोक्न तथा हाइटीका गिरोहहरूलाई तिनको पहुँचबाट विमुख बनाउन अन्तरराष्ट्रिय सुमदायले गम्भीर हुनुपर्नेमा चिनियाँ राजदूतले जोड दिए । कुनै पनि बाह्य सहयोग योजना हाइटी जनताको इच्छा र सहमतिमा आधारित हुनुपर्ने बताए ।

हाइटीमा दीर्घकालीन शान्ति, स्थायित्व र दिगो विकास हासिल गर्ने अन्तरराष्ट्रिय समुदायको प्रयासमा चीनको साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ७ : ४२ बजे

कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त, आवतजावत ठप्प

बागलुङ– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बाग्लुङ जोड्ने मालढुंगा

आईएमएफद्वारा ऋण ढाँचामा सुधारको प्रस्ताव

एजेन्सी- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०१८ पछि पहिलो पटक

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ

महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

महेन्द्रनगर– लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि