सत्ता पक्षसँग वार्ता गर्न तयार छौँ : अध्यक्ष ओली « Khabarhub

सत्ता पक्षसँग वार्ता गर्न तयार छौँ : अध्यक्ष ओली


२२ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सत्ता पक्षसँग वार्ता गर्न आफू तयार रहेको बताएका छन् ।

अनेरास्ववियुले कीर्तिपुरमा आयोजना गरेको ‘स्ववियु काउन्सिल नेपाल १०औँ राष्ट्रिय भेला तथा प्रशिक्षण’ मा उनले सत्तापक्षसँग वार्ताका गरेर अहिले देखिएका समस्याका समाधान निकाल्न आफू तयार रहेको बताए ।

“सत्तापक्षले संसदमा मात्र नभएर जहाँ भन्छ त्यही वार्ता गर्न हामी तयार छौँ, वार्ताका लागि हामी तयार छौँ”, उनले भने ।

अध्यक्ष ओलीले भारतलाई विवादमा पार्न नहुने स्पष्ट पारे । उनले भने, “मित्र राष्ट्र भारतले नेपालमा सरकार बनाउँछु भन्नु नेपालको सार्वभौमसत्ता विपरीत हुन्छ । त्यो कुरा भारतलाई पनि थाहा छ । भारत त्यस्तो कुरा भन्दैन भनेको पनि छैन ।”

ललिता निवास प्रकरणमा जो–जो दोषी छन् तिनलाई कारवाही गर्नुपर्ने उनको भनाइ छ । अध्यक्ष ओलीले भने, “ललिता निवास प्रकरणमा को–को दोषी छन्, छानबिन गरे हुन्छ । त्यो कुरा सरकारले बाहिर ल्याउनुपर्छ ।”

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ७ : ४७ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली