यातायातमन्त्री ज्वालाले गरे कान्ति राजमार्गको स्थलगत अनुगमन | Khabarhub Khabarhub

यातायातमन्त्री ज्वालाले गरे कान्ति राजमार्गको स्थलगत अनुगमन


२२ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आज कान्ति राजमार्गको पछिल्लो अवस्थाका बारेमा स्थलगत अनुगमन निरीक्षण गरेका छन् । काठमाडौँ उपत्यकालाई तराई मधेशसँग जोड्ने पुरानो राजमार्ग भए पनि हालसम्म प्रभावकारी रुपमा सञ्चालन एवं पुनःनिर्माण कार्यले गति लिन सकेको छैन ।

सरकारले सो आयोजनाका लागि सडक चौडा तथा सुधार गरी कालोपत्रमा स्तरोन्नतकिा लागि रु तीन अर्ब ७८ करोड बराबरको बजेट विनियोजन गरेको छ । कूल ७९ किलोमिटर लामो सो राजमार्गमध्ये सात किलोमिटर सडकमा पुनःनिर्माण र कालोपत्र गर्न बाँकी छ । त्यसमध्ये पाँच किलोमिटर ललितपुरमा र दुई किलोमिटर मकवानपुरतर्फ स्तरोन्नति गर्न बाँकी छ ।

कूल ७२ किलोमिटर सडक चौडा तथा सुधार भइसकेको छ । राजमार्गको विभिन्न ठाँउमा वर्षात्को समयमा बारम्बार पहिरो गइरहने कारणले गर्दा सडक अवरुद्ध हुन पुगी पहिरो पन्छाइ यातायात सञ्चालनमा ल्याउनु चुनौतीपूर्ण रहेको पाइएको छ ।

पहिराका कारण बिग्रन गएको सडक पुनःनिर्माण गर्न लाग्ने ठूलो परिमाणको टेवा पर्खाललगायत संरचनाका लागि स्रोतको अभाव हुने गरेको छ । जथाभावी रुपमा पहुँच सडक निर्माण गरिदा पानीको निकासलगायतका समस्या रहेको छ ।

कमजोर भूबनोटका कारण पनि निर्माण भइसकेको संरचनामा क्षति पुगेको छ । स्थलगत निरीक्षण गर्दै मन्त्री ज्वालाले वैकल्पिक राजमार्गको रुपमा रहेको कान्ति राजमार्गलाई व्यवस्थित रुपमा अगाडि बढाउन सरकार र मन्त्रालयको तर्फबाट स्रोत अभाव नहुने बताए ।

उनले निर्माण व्यवसायीलाई तोकिएको समयभित्रै काम सम्पन्न गर्न तथा कुनै पनि कमी कमजोरी नगर्न समेत निर्देशन दिए । सो अवसरमा भौतिक पूर्वाधार तथा यातायात  मन्त्रालयका सचिव केशवकुमार शर्मा, आयोजना सम्बद्ध अधिकारीको सहभागिता थियो ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ९ : ०५ बजे

बागमतीमा एमालेले देउवाको निर्णय कुर्ने

काठमाडौं– सत्ता साझेदार नेकपा एमालेले बागमती प्रदेश सरकारबारे नेपाली कांग्रेसको

एएफसी यू-२० एसियन कप छनोट खेल्ने टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं-भुटानमा हुने एएफसी यू–२० महिला एसियन कप छनोट खेल्न जाने

तीन हजार विन्दु छोएको भोलिपल्ट ४७ अंकले घट्यो बजार 

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अंकको गिरावट देखिएको

‘विकासशील राष्ट्रमा स्तरोन्नतिसँगै परनिर्भरताको अध्याय अन्त्य हुन्छ, आत्मनिर्भरताको नयाँ बिहानी खुल्छ’

काठमाडौं– राष्ट्रियसभाका सदस्य डाक्टर अन्जान शाक्यले ‘नेपाल अतिकम विकसित राष्ट्रबाट

अमेरिकाको छात्रवृत्तिमा इञ्जिनियरिङ गरेका महेशमा कलाको भूत चढेपछि…

काठमाडौं – गत फागुन १४ मा प्रदर्शनमा आएका दुई फिल्म