फ्रान्स पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ « Khabarhub

फ्रान्स पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ


२२ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


981
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फ्रान्स पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीले वैदेशिक रोजगारीका लागि फ्रान्स पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा पाँचथरको हिलिहाङ गाउँपालिका घर भई हाल काठमाडौँ बस्ने प्रतापसिंह लोवालाई बानेश्वरबाट पक्राउ गरेको हो ।

उनले ३ जनालाई पटक पटक गरी ६ लाख रुपैयाँ ठगी गरेको जनाइएको छ । फ्रान्स जान १० लाख रुपैयाँ लाग्छ, त्यहाँ पुगेपछि प्रतिमहिना २ लाखसम्म तलब हुन्छ भनी प्रलोभनमा पारेका थिए ।

पीडितले पैसा बुझाएपछि उनी फरार भएको प्रहरीले जनाएको छ । उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ९ : ५२ बजे

निर्वाचनमा बालअधिकार उल्लङ्घन : अध्ययनले देखायो ३५० घटना

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा बालअधिकारसम्बन्धी निर्वाचन आचारसंहिता कार्यान्वयन

केरलामा बर्ड फ्लूको प्रकोप : हजारौँ चरा नष्ट गर्ने निर्णय

एजेन्सी– भारतको दक्षिणी राज्य केरलामा बर्ड फ्लू (एभियन इन्फ्लुएन्जा) फैलिएको

वाग्मती सफाइ : तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी : १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता

एजेन्सी– दक्षिण कोरिया को डेइजोन मा रहेको एक अटो पाट्र्स

अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन

काठमाडौं– आज ६१औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस ‘समान हक