नाबालकको हत्या आरोपमा आमा-बाबु पक्राउ | Khabarhub Khabarhub

नाबालकको हत्या आरोपमा आमा-बाबु पक्राउ


२२ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङमा दुई महिनाको नाबालकको हत्या गरेको आरोपमा आमा–बाबु पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा निसीखोला गाउँपालिका–४ बडाचौरका २४ वर्षीय विरु विक र ३० वर्षीया सविना रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए ।

यही साउन १८ गते बिहीबार राति विक दम्पतीबीच विवाद हुँदा बालकलाई खोसाखोस र तानातान गर्ने क्रममा आफ्नै घरभित्र भुईमा खसी बझारिएपछि घटनास्थलमै बालकको मृत्यु भएको बताइएको छ।

प्रहरीले घटनाको विषयमा तीन दिनपछि मात्रै जानकारी पाएको थियो । त्यसलगत्तै प्रहरीले हत्या आरोपमा प्रहरीले विक दम्पतीलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ ।

प्रहरीले जिल्ला अदालत बागलुङमा आइतबार ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर पाँच दिनको म्याद थप गरी अनुसन्धान थालेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  १० : ४३ बजे

दार्चुला–टिङ्कर सडक : सेनाले दुईतिरबाट काम थाल्यो

दार्चुला– महाकाली कोरिडोरअन्तर्गत निर्माणाधीन दार्चुला–टिङ्कर सडक खण्डमा नेपाली सेनाले दुईतिरबाट

नयाँ पोप चुनिए लियो : अमेरिकी नागरिक पोप बन्दा ट्रम्प खुशी

काठमाडौं – पोप लियो १४ औँ भनेर चिनिने नयाँ पोप

चीन–रसिया सहकार्यले अन्तर्राष्ट्रिय न्यायको रक्षा गर्छ : चीन

एजेन्सी– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्दै चिनियाँ राष्ट्रपति  सी

भारतसँग सेल्फ डिफेन्समा केन्द्रित पाकिस्तान

काठमाडौं – पाकिस्तानले अहिले भारतले आक्रमण गरे पनि आफूहरू सेल्फ

सुत्नुअघि अनुहारमा लगाउनुहोस् यी पाँच चीज, पाइने छ छालामा चमक

काठमाडौं– मानिसहर सफा र चम्किलो छाला कायम राख्नका लागि विभिन्न