संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न माओवादी सांसदलाई प्रचण्डको निर्देशन | Khabarhub Khabarhub

संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न माओवादी सांसदलाई प्रचण्डको निर्देशन


२२ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना सांसदलाई संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन् ।

आज संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा उनले संघीय संसदका दुवै सदनमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका हुन् ।

दलको बैठकले संसद् सञ्चालन गर्न प्रमुख प्रतिपक्षी दलका नेतालगायत सत्ता पक्षका शीर्ष नेतासँग छलफल गर्ने निर्णय गरेको मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिए ।

एक क्विन्टल सुन तस्करी प्रकरणलाई लिएर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद बैठक अवरुद्ध गरिरहेको । एमालेले उक्त सुन काण्डको छानविनका लागि उच्चस्तरीय समिति गठनको माग गर्दै आएको छ ।

संघीय संसदका प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आजका लागि बोलाइएको छ ।

 

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ११ : १६ बजे

तामाङ मौलिक सेलो संगीत महोत्सवको तयारी तिव्र

काठमाडौं– तामाङ कलाकारहरूकाे छाता संगठन नेपाल तामाङ कलाकार संघको आयोजनामा

जसपासम्बद्ध नेपाली समाज अमेरिकाको महाधिवेशन सम्पन्न

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रवास संगठन नेपाली समाज

भरतपुर भ्रमण वर्ष २०२४ लाई साईडबोट उपकरण उपलब्ध

चितवन– भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गर्दै साईडबोट उपकरण

जंगल र जंगली जनावरको संरक्षण गर्नुपर्छ : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जङ्गल र जङ्गली जनावरको

अध्यक्ष ओलीद्वारा कालिका मन्दिरमा विशेष पूजा आराधना

गलकोट– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रसिद्ध शक्तिपीठ बागलुङ