संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न माओवादी सांसदलाई प्रचण्डको निर्देशन « Khabarhub

संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न माओवादी सांसदलाई प्रचण्डको निर्देशन


२२ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना सांसदलाई संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन् ।

आज संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा उनले संघीय संसदका दुवै सदनमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका हुन् ।

दलको बैठकले संसद् सञ्चालन गर्न प्रमुख प्रतिपक्षी दलका नेतालगायत सत्ता पक्षका शीर्ष नेतासँग छलफल गर्ने निर्णय गरेको मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिए ।

एक क्विन्टल सुन तस्करी प्रकरणलाई लिएर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद बैठक अवरुद्ध गरिरहेको । एमालेले उक्त सुन काण्डको छानविनका लागि उच्चस्तरीय समिति गठनको माग गर्दै आएको छ ।

संघीय संसदका प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आजका लागि बोलाइएको छ ।

 

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ११ : १६ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने