कम्बोडियाली नेता हुन सेनका जेठा छोरा नयाँ प्रधानमन्त्री नियुक्त « Khabarhub

कम्बोडियाली नेता हुन सेनका जेठा छोरा नयाँ प्रधानमन्त्री नियुक्त


२२ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

न्होम पेन- करिब चार दशक शासन गरेका कम्बोडियाली नेता हुन सेनबाट सत्ता हस्तान्तरणको घोषणासँगै उनका छोरा हुन मानेटलाई राजा नोरोदोम सिहामोनीले कम्बोडियाको नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् ।

गत जुलाईमा भएको चुनावमा ‘शानदार जित’ हासिल गरेको केही दिनपछि विश्वका सबैभन्दा लामो समयसम्म सत्तामा रहेका नेता हुन सेनले प्रधानमन्त्री पदबाट राजीनामा दिएर आफ्ना जेठा छोरालाई सत्ता हस्तान्तरण गर्ने घोषणा गरेका थिए ।

सत्तारुढ कम्बोडियाली पिपुल्स पार्टी (सीपीपी) ले १२५ सदस्यीय तल्लो सदनमा पाँच सिटबाहेक सबै सिट जितेपछि मुख्य विपक्षी प्रतिद्वन्द्वी क्यान्डल लाइट पार्टीलाई प्राविधिक रुपमा प्रतिस्पर्धा गर्नबाट व्यापक रूपमा रोकेपछि यो निर्वाचनलाई ‘प्रहसन’ भन्दै आलोचना गरिएको थियो ।

संयुक्त राज्य अमेरिका, संयुक्त राष्ट्रसंघ र युरोपियन युनियनले गत महिना भएको निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष नभएको भन्दै नतिजाप्रति विमति जनाएका छन् ।

सोमबार हुन सेनको अनुरोधपछि राजा नोरोदोम सिहामोनीले शाही आदेश जारी गर्दै ‘संसदको सातौं म्यान्डेटका लागि कम्बोडिया अधिराज्यको प्रधानमन्त्रीको रूपमा डा हुन मानेटलाई नियुक्त गरिएको’ उल्लेख गरेका छन् ।

यद्यपि औपचारिक रूपमा देशको अर्को नेता बन्नका लागि ४५ वर्षीय हुन मानेट र उहाँको क्याबिनेटले अगस्ट २२ का लागि तय गरिएको संसदमा विश्वासको मत प्राप्त गर्नैपर्छ ।

आगामी सरकारले युवा मन्त्रीहरूको एउटा समूहलाई ल्याउने अपेक्षा गरिएको छ । हुन सेनले आफ्नो छोराको शासनमा हस्तक्षेप नगर्ने तर देशको राजनीतिमा आफ्नो प्रभावलाई नत्याग्ने बताएका छन् ।

सन् १९८५ मा सत्तामा आएपछि हुन सेनले गृहयुद्ध र नरसंहारबाट तहसनहस भएको देशलाई आधुनिकीकरण गर्न मद्दत गरेका थिए । यद्यपि उनको शासनमा वातावरणीय विनाश, व्याप्त भ्रष्टाचार र लगभग सबै राजनीतिक प्रतिद्वन्द्वीहरूको उन्मूलन पनि भएको आलोचकहरूले बताउने गरेका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  १ : ०० बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह