संसदमा गतिरोध अन्त्यका लागि बसेको शीर्ष नेताहरुको बैठक निष्कर्षविहीन | Khabarhub Khabarhub

संसदमा गतिरोध अन्त्यका लागि बसेको शीर्ष नेताहरुको बैठक निष्कर्षविहीन


२२ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संघीय संसदमा देखिएको गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेको आह्वानमा बसेको शीर्ष नेताहरुको बैठक बिना निष्कर्ष टुंगिएको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको बैठकमा सभामुख घिमिरेसहित प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाललेका अध्यक्ष केपी शर्मा ओलीसहित ती दलका प्रमुख सचेतकसमेत सहभागी थिए ।

१० साउनमा बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले सुनकाण्डबारे उच्चस्तरीय छानबिन समितिको माग गर्दै बैठक अवरुद्ध गरेपछि त्यसपछिका दुई वटा बैठक सूचना टाँसेर स्थगित भएको छ ।

सभामुख घिमिरेले साउन १५ र १६ गते प्रधानमन्त्री र प्रतिपक्षी दलका नेतासँग दुई–दुईपटक टेलिफोन संवाद गरेका थिए । प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरुसँग विभिन्न चरणमा ६ पटक भन्दा बढी छलफल गरेका थिए ।

तर, सदनको गतिरोध अन्त्य हुन नसकेपछि सोमबार शीर्षनेताहरुको बैठक सभामुख घिमिरेले राखेका हुन् । तर, बैठकमा सहमति हुन नसकेपछि सोमबार अपरान्ह साढे ३ बजे फेरि शीर्षनेताहरुको बैठक बस्ने सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

साथै सोमबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकलाई अपरान्ह ४ बजे बस्नेगरी सारिएको अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  २ : ५१ बजे

३० लाख पैदलयात्रीको सकस : हिँडे पोलमा ठोक्किने त्रास, नहिँडे धुलो धुवाँभित्र बास

काठमाडौंका सडक पेटी/फुटपाथ भन्ने बित्तिकै तपाईंको दिमागमा के आयो ?

सुनको मूल्य अहिलेसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनचाँदीको

गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने विपक्षी दलहरुको निर्णय

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विपक्षी दलहरुले उपप्रधानमन्त्री तथा

रुसबाट हरिको गुहार : रुसी सैनिकबाटै मारिने अवस्था आयो, बचाइदिनुस् 

काठमाडौं– रुसी सेनामा रहेका खोटाङका हरिकुमार राईले आफ्नो ज्यान बचाइदिन

कुन देशमा दिइन्छ बलात्कारीलाई मृत्युदण्ड ?

काठमाडौं- संसारभरि नै कानूनले महिलाहरुको विशेष संरक्षण गरेको छ ।