१० वर्षमा चितुवाको आक्रमणबाट लमजुङमा २ सयभन्दा बढी घरपालुवा जनवारमा क्षति « Khabarhub

१० वर्षमा चितुवाको आक्रमणबाट लमजुङमा २ सयभन्दा बढी घरपालुवा जनवारमा क्षति


२२ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

लमजुङ- लमजुङमा पछिल्लो १० वर्षमा चितुवाको आक्रमणबाट दुई सयभन्दा धेरै घरपालुवा जनवारको क्षति भएको पाइएको छ । डिभिजन वन कार्यालय लमजुङको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७०/७१ देखि आर्थिक वर्ष ०७९/८० सम्म चितुवाको आक्रमणबाट दुई सय तीन पशु चौपायमा क्षति पुगेको हो ।

जिल्लाका विभिन्न स्थानमा चितुवाको आक्रमणबाट गत आर्थिक वर्षमा मात्रै ६८ भेडाबाख्रामा क्षति पुगेको छ । पछिल्लो १० वर्षमा चितुवाको आक्रमणबाट एकसय ९५ भेडा बाख्रा, दुईवटा गाईगोरु, र ६ वटा भैसीमा क्षति पुगेको डिभिजन कार्यालयले जनाएको छ ।

जिल्लाका विभिन्न स्थानीय तहमा चितुवाको आक्रमणबाट सवैभन्दा धेरै आर्थिक वर्ष २०७८/७९ मा ७२ वटा घरपालुवा जनवारमा क्षति पुगेको छ । सो आर्थिक वर्षमा मात्रै ६८ वटा भेडा बाख्रा, चार वटा भैँसीमा चितुवाले क्षति पुर्‍याएको कार्यालयको तथ्याङ्कले देखाउँछ ।

सोबाहेक आर्थिक वर्ष २०७७/७८ मा २८ भेडा बाख्रा सहित ३० वटा घरपालुवा जनवार, ०७६/७७ मा १३, आर्थिक वर्ष २०७५/७६ मा १०, आर्थिक वर्ष ०७३/७४ मा सात वटा घरपालुवा जनवारमा चितुवाले आक्रमण गरेर क्षति पुर्‍याएको छ । त्यसैगरी, आर्थिक वर्ष ०७०/७१, आर्थिक वर्ष ०७२/७३ र आर्थिक वर्ष ०७४/७५ मा चितुवाको आक्रमणबाट एउटा घरपालुवा जनवारमा क्षति पुगेको छ ।

पछिल्लो समय वन्यजन्तुको व्यवस्थापन, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, बासस्थान सुधारलगायत अन्य विविध विषय चुनौती बनेको डिभिजन वन कार्यालयका डिभिजन प्रमुख पूर्णेश्वर सुवेदीले बताए । जिल्लामा बर्सेनी घरपालुवा जनवारमा वन्यजन्तुको आक्रमण बढेपनि मानवीय क्षति भने अहिलेसम्म भएको छैन ।

सरकारले वन्यजन्तुबाट हुने क्षतिको निम्ति राहत प्रदान गर्न आधारहरु सहित निर्देशिका तयार गरेको छ । निर्देशिकामा मानवीय क्षति, पशुधनको क्षति, भण्डारण गरेको अन्नको क्षति, घर/गोठको क्षति, खाद्यान्न बालीको क्षति र हिमाली क्षेत्र सम्वन्धी विशेष व्यवस्था जस्ता आधार रहेका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ४ : ११ बजे

कान्ति राजमार्गको एकतर्फी नियम हटाइयो

हेटौँडा – हेटौँडाबाट काठमाडौँ जोड्ने त्रिभुवन राजपथ (बाइरोड) र कान्ति

‘बुद्ध-परिपथ’ निर्माण सुरु: काभ्रेका पनौती, नमोबुद्ध र तेमाल जोडिँदै

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दक्षिण-पूर्वी भेगका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रलाई

के आफ्नै सरकारलाई घेर्न रविले मान्छे उतारेका हुन् ?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीमा अहिले संसद्‍देखि सामाजिक सञ्जालमासमेत दुई धार

मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालन

काठमाडाैँ – मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत १५ किलोमा खसेको लेदो पन्छाएपछि सडक

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी – इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा