सांकेतिक तस्बिर

देश/प्रदेश

क्यानडा पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा महिला पक्राउ

By खबरहब

August 07, 2023

काठमाडौँ- क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा दोलखा जिरी नगरपालिका ६ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका ३ बस्ने २७ वर्षीया फूलमाया जिरेल रहेको प्रहरीले जनाएको छ ।

जिरेलले वैदेशिक रोजगारका लागि क्यानडा पठाइ प्रतिष्ठित होटलमा १ लाख रुपैयाँभन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी ठगी गरेको आरोप छ ।

पीडितबाट पटक पटक गरी ३ लाख ७४ हजार रूपैयाँ लिएर सम्पर्कविहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं मिनभवनबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।