दक्षिण एसियाका तीन चौथाइ बालबालिका अत्यधिक गर्मीको सामना गर्दै : राष्ट्रसङ्घ « Khabarhub

दक्षिण एसियाका तीन चौथाइ बालबालिका अत्यधिक गर्मीको सामना गर्दै : राष्ट्रसङ्घ


२२ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- संयुक्त राष्ट्रसङ्घले जलवायु परिवर्तनको प्रभाव बढ्दै जाँदा दक्षिण एसियाका तीन चौथाइ बालबालिकाले खतरनाक उच्च तापक्रमको सामना गर्नुपरिरहेको चेतावनी दिएको छ । संयुक्त राष्ट्रसङ्घीय बालबालिकासम्बन्धी निकाय युनिसेफका अनुसार दक्षिण एसियामा करिब ४६ करोड बालबालिका अत्यधिक गर्मीको मारमा परेका छन् ।

युनिसेफका दक्षिण एसिया क्षेत्रीय निर्देशक सञ्जय विजसेकेराले भने, “विश्व नै जलवायु परिवर्तनको नकारात्मक प्रभावबाट उथलपुथलको चपेटामा परिरहेको अवस्थामा तथ्याङ्कले दक्षिण एसियाका लाखौं बालबालिकाको जीवन र कल्याणलाई गर्मी र उच्च तापक्रमका कारण खतरामा पारेको स्पष्ट देखाउँछ ।”

संयुक्त राष्ट्रसङ्घले अफगानिस्तान, बङ्गलादेश, भारत, माल्दिभ्स र पाकिस्तानका बालबालिका जलवायु परिवर्तनको प्रभावको ‘उच्च जोखिममा’ रहेको चेतावनी दिएको छ र एक वर्षमा ८३ वा सोभन्दा बढी दिन अत्यधिक उच्च तापक्रमलाई ३५ डिग्री सेल्सियस ९९५ डिग्री फरेनहाइट० भन्दा बढी हुने अवस्थाको रूपमा परिभाषित गरेको छ ।

बच्चाहरू तापमान परिवर्तनको लागि छिटो अनुकूलन गर्न सक्दैनन्, र उनीहरूको शरीरबाट अतिरिक्त गर्मी हटाउन सक्षम हुँदैनन् ।

“साना केटाकेटीहरूले गर्मी सहन सक्दैनन्,” विजेसेकेराले भने, “हामीले अहिले नै कदम नचालेमा यी बालबालिकाले आगामी वर्षहरूमा अझ बढी बारम्बार र अझ तीव्र गर्मीको सामना गर्नुपर्नेछ ।”

सन् १८०० को दशकको उत्तरार्धदेखि लगभग १.२ डिग्री सेल्सियस को विश्वव्यापी तापक्रम वृद्धि, जीवाश्म ईन्धनको जलनद्वारा सञ्चालित हुने उद्योग तथा कलकारखाना र मोटर तथा मेसिनसम्बन्धी प्रयोगले बारम्बार गर्मीको तरङ्गलाई तातो, लामो र अधिक बनाएको छ, साथै अन्य आँधी र बाढी चरम मौसमी गतिविधिलाई तीव्र बनाएको छ ।

युरोप, एसिया र उत्तरी अमेरिकाका केही भागका दशौं लाख मानिसहरूलाई प्रभावित गर्ने विश्वव्यापी तापक्रमका कारण तीव्र गर्मी बढेको जुलाई महिना विश्वव्यापी रूपमा रेकर्ड गरिएको अहिलेसम्मकै सबैभन्दा तातो महिना थियो ।

वैज्ञानिकहरूका अनुसार विश्वले पहिले नै उत्सर्जनका कारण उत्पन्न गर्मी र अन्य प्रभावहरूको अनुकूलन गर्न आवश्यक छ र भविष्यमा अझ खराब हुनबाट जोगिन यस दशकमा कार्बन प्रदूषण उत्सर्जनलाई नाटकीय रूपमा घटाउनुपर्छ ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ४ : ५६ बजे

एसियन गेम्समा सन्दीप र लोकेशकाे अर्धशतक : नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – ऐसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानलाई नेपालले

एसियन गेम्स क्रिकेट : जापानविरुद्ध नेपालका सन्दीप जोराले बनाए अर्धशतक

काठमाडौँ – एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका

भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द

बैतडी– लगातारको वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय

यी भूभागमा भारीदेखि अतिभारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

हुम्लामा कांग्रेसको गाउँ अधिवेशन सम्पन्न

हुम्ला– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुम्लाका सातवटै गाउँपालिकाको अधिवेशन सम्पन्न