‘साइबर अपराध : अनुसन्धान, अभियोजन र न्याय निरुपण’ सार्वजनिक « Khabarhub

‘साइबर अपराध : अनुसन्धान, अभियोजन र न्याय निरुपण’ सार्वजनिक


२२ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उच्च अदालत तुलसीपुरका कामु मुख्य न्यायधीश डा रत्नबहादुर बागचन्दले लेखेको ‘साइबर अपराध : अनुसन्धान, अभियोजन र न्याय निरुपण’ पुस्तक सार्वजनिक भएको छ । राजधानीमा आज आयोजित कार्यक्रममा सर्वोच्च अदालतका न्यायधीश अनिलकुमार सिन्हाले पुस्तक सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा उनले न्यायपालिकाको बजेट कुल बजेटको ०.३५ प्रतिशतमात्र भएकाले साइबर अपराधजस्ता सामयिक विषयमा क्षमता वृद्धि गर्न नसकिएको स्वीकार गरे । राज्यका तीन अङ्गमध्येको एक अङ्गका रुपमा रहेको न्यायपालिकाको बजेट कम्तीमा पनि एक प्रतिशत पुर्‍याउन माग गर्दा देश, काल, परिस्थितिलाई देखाएर नबढाइएको सिन्हाले बताए ।

नेपाल बार एशोसियशनका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले साइबरलगायत विषयमा निर्दोष नफस्ने गरी अध्ययन, अनुसन्धान हुनुपर्नेमा जोड दिए । पुस्तकका लेखक डा बागचन्दले पुनरावेदन अदालत पाटनमा न्यायधीश हुँदा आएको एउटा मुद्दाका कारण आफूले १० वर्ष लगाएर यो पुस्तक लेखेको बताए ।

साइबर अपराध भनिएको त्यो घटनामा केही पनि प्रमाण नभएकाले यो पुस्तक लेख्न आफूलाई प्रेरित गरेको बागचन्दको भनाइ थियो । यस विषयमा काम गर्नेको क्षमता अभिवृद्धि गरिनुपर्ने उनले बताए । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सात सय ५३ स्थानीय तहमध्ये सात सय ४३ मा फोरजी सेवा पुगेको जानकारी गराए ।

प्रहरीको साइबर ब्यूरोमा ‘फरेन्सिक ल्याब’ स्थापनाका लागि प्राधिकरणले सहयोग गरेको उल्लेख गर्दै उनले यस्तो ल्याब नेपालमा एउटै मात्र रहेकाले अरु पनि स्थापनाका लागि पहल गरिनुपर्नेमा जोड दिए । कम्प्युटर एशोसिएशन नेपाल महासङ्घका महासचिव चिरञ्जीवी अधिकारीले न्याय क्षेत्रले प्रविधि नबुझेसम्म पीडितले न्याय पाउन नसक्ने बताए ।

साइबर सुरक्षाको संयुक्त सञ्जाल बनाएर गीत, सङ्गीत, गजललगायत क्षेत्रबाट पनि यससम्बन्धी चेतना जागृत गरिनुपर्नेमा उनको जोड थियो । कार्यक्रममा साइबर कानुनमा विद्यावारिधि गरेका पूर्वन्यायाधीश श्रीकृष्ण भट्टराईले पुस्तकको महत्वका बारेमा प्रकाश पार्दै हालसम्म साइबर अपराध अनुसन्धान, अभियोजन र न्याय निरुपणका तीनै क्षेत्रलाई समेटिएको दस्तावेजको अभावलाई यसले पूर्ति गर्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ७ : ०१ बजे

वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्याङ्क सङ्कलन

चितवन– डिभिजन वन कार्यालय, चितवनले गत आर्थिक वर्षमा सुरक्षा तथा

१२ किलो तौल घटेपछि चिन्नै गाह्रो, सोहेल खानलाई आखिर के भयो ?

बलिउडमा खान परिवारको नाम आउँदा सलमान खान र अरबाज खानको

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

गण्डकी– विद्यालय शिक्षा प्रणालीमा लामो समयदेखि थाती रहेका समस्या समाधानका

फेरि छोरीसहित अमेरिका उडे ‘धुर्मुस’

काठमाडौँ – हास्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ दुई महिनाको

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार