कोशीमा नौ जना डेङ्गु संक्रमितको मृत्यु | Khabarhub Khabarhub

कोशीमा नौ जना डेङ्गु संक्रमितको मृत्यु


२२ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

धनकुटा – लामखुट्टेबाट सर्ने डेङ्गु रोगबाट कोशी प्रदेशका १४ मध्ये १२ जिल्ला प्रभावित भएका छन् । एक महिनाको अन्तरालमा डेङ्गुबाट नौ जनाको मृत्यु भएको र सोलुखुम्बु र ओखलढुङ्गा जिल्लामा भने हालसम्म रोग देखा नपरेको कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाले जानकारी दिएको छ । सबै मृतक सुनसरी जिल्लाका रहेको कार्यालयका जनस्वास्थ्य अधिकृत विवेचना गौतमले जानकारी दिए ।

चालु आर्थिक वर्ष २०८०/८१ को साउन महिनाको २१ दिनमा मात्र ती जिल्लामा सात हजार एक सय तीन जनालाई डेङ्गु लागेको छ । सबैभन्दा धेरै तराईका जिल्लाहरू प्रभावित भएका छन् जसमा सुनसरी र मोरङ जिल्ला प्रभावित रहेका छन् । सुनसरीमा हालसम्म नौ जनाको मृत्युसहित चार हजार सात सय ४१ जना डेङ्गु सङ्क्रमित भएका छन् ।

त्यस्तै मोरङमा एक हजार एक सय ७१ जना सङ्क्रमित भएका छन् । दुई जनाको मृत्यु भएको भनिए पनि आधिकारिक पुष्टि हुन बाँकी रहेको अधिकृत गौतमले जानकारी दिए ।

दुई जिल्लापछि झापामा पाँच सय २८ जना सङ्क्रमित रहेका छन् । तराईसँग जोडिएका जिल्लाहरूमा उदयपुर र धनकुटा सबैभन्दा बढी प्रभावित रहेका छन् । उदयपुरमा एक सय ८३ र धनकुटामा एक सय ३७ जनालाई डेङ्गु लागेको छ । त्यसपछि भोजपुरमा ९०, सङ्खुवासभा ८९, तेह्रथुममा ६७, इलाम ३५, पाँचथर १६, ताप्लेजुङ १२ र खोटाङमा चारजना डेङ्गु सङ्क्रमित रहेको कार्यालयले जानकारी दिएको छ ।

बढ्दो सङ्क्रमणलाई ध्यानमा राखेर कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटालाई रोगसँग लड्न तयारी अवस्थामा रहन निर्देशन जारी गरेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  १० : ०२ बजे

पर्यटन विकासका लागि गुरुयोजना तयार गर्न निर्देशन

विराटनगर– कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालय मातहतका

स्वर्ण पदक विजेता गुरुङको  सम्मान

तनहुँ– सातौँ दक्षिण एसियाली कराँते च्याम्पियनसिपमा स्वर्ण पदक विजेता तनहुँको

भ्रष्टाचारविरुद्ध ‘नेपालगञ्ज वाकाथन’

बाँके– भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा बाँकेको नेपालगञ्जमा ‘नेपालगञ्ज वाकाथन’ आयोजना

ताप्लेजुङको फुङ्लिङमा आगलागी, पाँच लाख बराबरको क्षति

ताप्लेजुङ–  ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिकामा आज बिहान एक घरमा आगलागी

जीर्ण कारागारमा कैदीको भीड, पक्की भवन रित्तै

ओखलढुङ्गा– ओखलढुङ्गामा नवनिर्मित कारागार भवन प्रयोगमा नआउँदा कैदीबन्दी राख्न समस्या