कोशीमा नौ जना डेङ्गु संक्रमितको मृत्यु « Khabarhub

कोशीमा नौ जना डेङ्गु संक्रमितको मृत्यु


२२ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

धनकुटा – लामखुट्टेबाट सर्ने डेङ्गु रोगबाट कोशी प्रदेशका १४ मध्ये १२ जिल्ला प्रभावित भएका छन् । एक महिनाको अन्तरालमा डेङ्गुबाट नौ जनाको मृत्यु भएको र सोलुखुम्बु र ओखलढुङ्गा जिल्लामा भने हालसम्म रोग देखा नपरेको कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाले जानकारी दिएको छ । सबै मृतक सुनसरी जिल्लाका रहेको कार्यालयका जनस्वास्थ्य अधिकृत विवेचना गौतमले जानकारी दिए ।

चालु आर्थिक वर्ष २०८०/८१ को साउन महिनाको २१ दिनमा मात्र ती जिल्लामा सात हजार एक सय तीन जनालाई डेङ्गु लागेको छ । सबैभन्दा धेरै तराईका जिल्लाहरू प्रभावित भएका छन् जसमा सुनसरी र मोरङ जिल्ला प्रभावित रहेका छन् । सुनसरीमा हालसम्म नौ जनाको मृत्युसहित चार हजार सात सय ४१ जना डेङ्गु सङ्क्रमित भएका छन् ।

त्यस्तै मोरङमा एक हजार एक सय ७१ जना सङ्क्रमित भएका छन् । दुई जनाको मृत्यु भएको भनिए पनि आधिकारिक पुष्टि हुन बाँकी रहेको अधिकृत गौतमले जानकारी दिए ।

दुई जिल्लापछि झापामा पाँच सय २८ जना सङ्क्रमित रहेका छन् । तराईसँग जोडिएका जिल्लाहरूमा उदयपुर र धनकुटा सबैभन्दा बढी प्रभावित रहेका छन् । उदयपुरमा एक सय ८३ र धनकुटामा एक सय ३७ जनालाई डेङ्गु लागेको छ । त्यसपछि भोजपुरमा ९०, सङ्खुवासभा ८९, तेह्रथुममा ६७, इलाम ३५, पाँचथर १६, ताप्लेजुङ १२ र खोटाङमा चारजना डेङ्गु सङ्क्रमित रहेको कार्यालयले जानकारी दिएको छ ।

बढ्दो सङ्क्रमणलाई ध्यानमा राखेर कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटालाई रोगसँग लड्न तयारी अवस्थामा रहन निर्देशन जारी गरेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  १० : ०२ बजे

शेखर गोल्छालाई धरौटीमा छाड्दा विशेष अदालतले लिएका ६ मुख्य आधार

काठमाडौं- विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा उद्योगी शेखर गोल्छालाई १

अमेरिकी विदेश मन्त्रालयबाट एक लाख ७५ हजारभन्दा बढी भिसा रद्द

एजेन्सी– अमेरिकी विदेश मन्त्रालयले आप्रवासन नियन्त्रणलाई कडा पार्ने प्रशासनको व्यापक

प्रदेश सरकारबारे ओली-प्रचण्डको ५ बुँदे निर्देशन : मुख्यमन्त्री नलिने दलले पहिलो मन्त्रालय रोज्ने

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले प्रदेश सरकार गठन

घारखोलाको विद्युतगृहमा सुक्खा पहिरो, बेपत्ता सुरक्षागार्ड मृत भेटिए

पोखरेबगर– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको विद्युतगृहमा

कांग्रेसको एकता जोगाउन तेस्रो समूह सक्रिय, दबाबका लागि देशव्यापी हस्ताक्षर अभियान चलाउने

काठमाडौं- नेपाली कांग्रेसभित्र बढ्दै गएको आन्तरिक विवादले पार्टी, संगठन र