नेपाली संस्कृतिलाई विश्व बजारमा ‘ब्रान्डिङ’ गर्नुपर्छ : मन्त्री किराती « Khabarhub

नेपाली संस्कृतिलाई विश्व बजारमा ‘ब्रान्डिङ’ गर्नुपर्छ : मन्त्री किराती


२१ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली संस्कृतिलाई विश्व बजारमा ‘ब्रान्डिङ’ गर्नुपर्ने बताएका छन् ।

खेमराज गुरुङ ट्रष्टले आयोजना गरेको ‘सम्मान तथा पुरस्कार वितरण’ कार्यक्रममा उनले नेपालको संस्कृति र प्रकृति हीरा र सुन भएको भन्दै त्यसलाई नेपालले विश्व बजारमा ‘ब्रान्डिङ’ गर्न सक्नुपर्ने बताए ।

मन्त्री किरातीले नेपाल प्राकृतिक, धार्मिक र सांस्कृतिकरूपमा धनी, ठूलो र सुन्दर रहेको बताए । संसारको अग्लो शिर सगरमाथा, गौतम बुद्ध, पशुपतिनाथ, हिमाल, पहाड, तराई, फरक पहिरन, भाषा, संस्कृति नै नेपालीको मौलिकता रहेको उनको भनाइ थियो ।

उनले संसारका जनतालाई नेपालको संस्कृति, परम्परा, प्रकृतिप्रति आकर्षित गर्नसके मात्रै नेपाल पर्यटनको क्षेत्रबाट प्रकृति र संस्कृतिलाई देखाएर धेरै विदेशी मुद्रा आर्जन गर्नसक्ने अवस्था रहेको उल्लेख गरे ।

नेपालको जङ्गल, जडीबुटी र पानीलाई मात्रै सदुपयोग गर्नसके आर्थिकरूपमा धेरै माथि पुग्ने उनको भनाइ थियो । उनले मुलुकमा गीतसङ्गीतको क्षेत्रबाट योगदान पु¥याउने स्रष्टालाई राज्यले सम्मान गर्ने बताए ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार  ६ : ५७ बजे

इभीमा आगलागी, चालकको मृत्यु

चितवन– भरतपुर महानगरपालिका–९ पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा त्यसका

सहिद परिवारलाई मल्हम लगाउँदै नेपालगन्ज उपमहानगरपालिका

राँझा– जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालगन्जका जेन-जी सहिदको सम्मान

भोटेकोशी बाढी : फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

बागलुङ– भोटेकोशी बाढीपछि बेपत्ता इन्जिनियर दम्पती र उनीहरूका दुई सन्तान

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

नुवाकोट– यही भदौ १० गते भोटेकोशीमा नदीमा आएको बाढीले नुवाकोटको

गोकर्णेश्वरमा पितृभक्तको घुइँचो

काठमाडौं– काठमाडौँ उपत्यकाको प्रर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर वरपर