महिलाका लागि कठोर मध्यपूर्व | Khabarhub Khabarhub

महिलाका लागि कठोर मध्यपूर्व


२१ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

युवा सनसनीपूर्ण र चञ्चले युट्युब टिबा अल अलि फ्यानका माझमा अत्यन्त लोकप्रिय नाम हो। सन् २०१७ मा स्वतन्त्रताको चाहनामा टर्कीबाट इराक प्रस्थान गरेपछि आफ्नो जीवनमा आएको परिवर्तनका बारे विभिन्न भिडियो बनाउँदै उनले पोस्ट गरेकी थिइन्। जुन भिडियो अत्यन्त लोकप्रिय भएका थिए। हजारौं सब्सक्राइबरका कारण टिबा सधैँ खुसी थिइन्।

गत जनवरी महिनामा इराकमा रहेको आफ्नो घरमा पुगेकी उनलाई बाबुले नै हत्या गरे। यस हत्यालाई पूर्व तयारी स्वरूप नभएको तथा आवेगपूर्ण ठहर गर्दै उनका बाबुलाई ६ महिनाको मात्र जेल सजाय भयो।

तथाकथित ‘अनर किलिङ’को विरुद्धमा इराकमा प्रदर्शन भएको छ। पुरातनवादी सोचका कारण इराकमा महिला कसरी प्रताडित छन् भन्ने कुराको उदाहरण त्यो एउटा घटना हो। टिबाका २० हजार सब्सक्राइबर थिए। त्यो सङ्ख्या उनको निधनपछि अझ बढेको छ। उनले हरेक दिन भिडियो पोस्ट गर्दै टर्कीमा बिताएको स्वतन्त्र जीवनको उल्लेख गरेकी थिइन्। सन् २०२१ को नोभेम्बरमा उनले आफ्नो पढाइ भन्दा पनि स्वतन्त्रता महत्त्वपूर्ण छाडेर टर्की पुगेको कुरा उल्लेख गर्दै पहिलो भिडियो पोस्ट गरेकी थिइन्।

रिपोर्टका अनुसार उनका बाबु इराक छाड्ने निर्णय तथा सिरियामा जन्मेका धनाढ्यसँगको विवाह गर्ने निर्णय दुवैमा खुसी थिएनन्। टिबाको हत्या भएको स्थानकै स्थानीय सरकारका अधिकारीले उनका बाबुलाई छोटो समयको मात्र जेल सजाय दिइएको कुरा स्वीकार गरेका छन्। उनको निधनपछि नै इराकका महिला सडकमा आएर मान्नु पर्ने व्यक्तिले गरेको हत्यालाई कम सजायको व्यवस्थाको विरोध गरेका थिए।

रिपोर्टका अनुसार जनवरी महिनामा डिवानामा रहेको घरमा पुग्ने बित्तिकै टिबाको आफ्नो बाबुसँग तनाव सुरु भएको थियो। ३१ जनवरीको दिन तैयाप अलिले उनलाई सुती रहेकै अवस्थामा मारेका थिए।

गृह मन्त्रालयका अनुसार घरकै सदस्यबाट हत्या भएमा ‘अनर अफ किलिङ’को कानुन सक्रिय हुन्छ। सो कानुन अनुसार सही नियतले हत्या गरेको ठहर भएमा एकदमै कम सजाय हुने प्रावधान छ। इराकका आन्तरिक मामला मन्त्रालयका प्रवक्ता घटनालाई दुवै किसिमको हेर्न मिल्ने बताउँछन्। सो घटना अपराधको रूपमा पनि हेर्न सकिने तथा ‘अनर किलिङ’ को रूपमा पनि व्याख्या गर्न मिल्ने उनको ठहर छ। प्रवक्ता जेन साद घटना हुनु एक दिन अगाडि प्रहरीले दुई बाबु छोरीलाई मिलाउने प्रयास पनि गरेको बताउँछन्।

उनले व्यवसायी र कानुनका रक्षकले उच्चस्तरको व्यावसायिकता देखाउँदै निर्णय गरेको बताए। उनले प्रारम्भिक चरणदेखि सम्पूर्ण शैलीको अनुसन्धान गर्दै सो निर्णय भएको बताएका छन्। टिबाको हत्या र उनको बाबुलाई दिइएको कम सजायले अहिले इराकी महिला र महिला अधिकारबादीलाई आक्रोशित बनाएको छ।

इराकी कानुनले घरेलु हिंसाबाट महिलालाई सुरक्षित गर्न नसकेको ठहरसहित संसारका अन्य देशमा महिला अधिकारकर्मीमा समेत विरोधको भावना जागेको छ। कानुनी परिभाषामै श्रीमतीलाई पुरुषले तथा अभिभावकले बच्चालाई मारेमा अत्यन्त कम सजायको व्यवस्था छ।

इराकी कानुनको आर्टिकल ४०९ मा आफ्नी श्रीमती या गर्ल फ्रेन्ड परपुरुषसँग सुतीरहेको अवस्थामा फेला परे दुई मध्य कुनै एकलाई तत्काल मारेमा पनि कुनै कानुनी कारबाही हुँदैन।

अधिकारकर्मी डा. लयला हुसेन यस कानुनले महिलाको शरीर जीवन शैलीमा नै अन्यको अधिनमा रहेको प्रस्ट भएको बताउँछिन्। ‘अनर किलिङ’ले पीडित र उनको परिवारलाई धेरै असर गरेको उनको भनाइ छ। यसले महिलालाई मर्न बाध्य पारेको कुरा जोडतोडले उठाएकी छिन्।

संयुक्त राष्ट्र सङ्घका अनुसार प्रत्येक वर्ष ‘अनर किलिङ’को नाममा प्रत्येक वर्ष ५ हजार जनाको ज्यान जाने गरेको छ। हत्याको पाँच दिनपछि इराकी सुरक्षाकर्मीले २० जना प्रदर्शनकारीलाई त्यहाँको सर्वोच्च अदालत अगाडी प्रदर्शन गर्नबाट रोकेका थिए। मानव अधिकारकर्मी रउफा खलिफ इराकको सो कानुन हटाउनु पर्ने जिकिर गर्छिन्।

कानुन व्यवसायी हाब्देन अब्देखालेक महिलाको मृत्यु सामान्य भएको अवस्थामा सो कानुन बर्खास्त गर्नपर्नेमा जोड दिन्छिन्। उनले आर्टिकल ४०९ हटाउनु पर्ने जिकिर गरेकी छन्।
धेरैले सामाजिक सञ्जालका टिबाको हत्या एउटा प्रतिनिधि पात्र भएको बताउँदै यस्ता धेरै हत्या गुपचुपमै रहेको उल्लेख गरेका छन्। यस हत्याले इराकमा कडा कानुनको पक्षमा बहस सुरु भएको छ।

इराकी संसद् कुर्दीस पक्षको देशभक्त मञ्चको प्रमुख अला तलाबानीले आफ्नो देशमा महिला परम्परागत सोचका कारण धेरै पिछडिएको बताएकी छिन्। उनले कानुनमा रहेको कमजोरीको कारण यो समस्या बढेको बताउँदै घरेलु हिंसा दिनदिनै बढेको बताएकी छिन्। उनले अन्य सांसदसँग पनि नयाँ कानुन ल्याउँदै घरेलु हिंसालाई घटाउन पहल गर्न आग्रह गरेकी छिन्।

इराकस्थित राष्ट्र सङ्घीय मिसनले घृणित हत्याले पनि कमजोर कानुनका कारण इराकमा प्रश्रय पाइरहेको जनाएको छ। राष्ट्र संघले नै महिलामाथि भएको ज्यादतीलाई अन्त्य गर्न सरकारले नै कदम चाल्न आग्रह गरेको छ।

राष्ट्र संघले कानुनमा रहेको कमजोरीलाई निरुत्साहित गर्दै सबै अड्चन हटाउन जोडदार माग गरेको छ। राष्ट्र सङ्घको ठहरमा अहिले अवस्थामा चासो नदिए इराकमा महिला अझ लामो समयसम्म प्रताडित हुनेछन्।

टिबाको हत्याले अहिले संसारमा नै गलत कानुनको बारे चर्चा चली रहेको छ। महिला माथिको भेदभावको मुद्दा फेरि उठेको छ। यो घटना भन्दा अगाडिका यस्ता थुप्रै घटनाका प्रसङ्ग पनि अहिले उठ्न थालेका छन्।

इराक मात्र होइन मध्यपूर्व महिलामाथि कठोर मानिन्छ। गत वर्ष नै हिजाब नलगाएको आरोपमा प्रहरीले हिरासतमा राखेकी मसाहा अमिनीको मृत्यु भएपछि इरानमा ठुलो तनाव भएको थियो। हिजाब नलगाएको कारण थुनामा राखिएको उनको त्यही पिटिएपछि कोमामा पुगेकी थिइन्। २२ सेप्टेम्बर २०२२ को उनको ज्यान गएको थियो। त्यसपछि इरानी महिलाहरूले सडकमा नै उत्रिएर हिजाब जलाउने र कपाल काट्ने काम गरेका थिए।

विद्रोहलाई कम गर्न इरानमा इन्टरनेटमा बन्देज लगाउने र सामाजिक सञ्जाल माथिको प्रतिबन्धको कामसमेत भएको थियो। इरानी महिलाको विद्रोहको क्रम विश्वविद्यालयसम्म पुगेको थियो। त्यसपछि भएको प्रदर्शनमा सरकार अझ बढी तानासाह देखिएको थियो। प्रत्येक दिन जसो मानिसको मृत्यु हुने गरेको थियो। पहिलो दुई दिनमा नै १७ जनाको ज्यान गएको थियो।

इरानी अधिकारीले हृदयघातका कारण उनको निधन भएको दाबी गरेको थियो। परन्तु देशभरका महिलाले सो कुरा पत्याउन सकिरहेका थिएनन्।

महिला माथिको ज्यादती दक्षिण एसियाली देश अफगानिस्तानमा पनि त्यत्तिकै छ। अफगानिस्तानमा हरेक दिन कडा कानुनको निर्माण भइरहेको छ। मध्यपूर्व र अफगानिस्तानको सो समस्या सिङ्गो संसारका लागि चिन्ताको विषयसमेत बनी सकेको छ।
स्रोतः बीबीसी, टाइम्स म्यागेजिन

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार  ८ : ०३ बजे

नासा र स्पेसएक्सको नयाँ अन्तरिक्ष मिसन प्रक्षेपण अर्को हप्ता

एजेन्सी – नासा र स्पेसएक्सले आगामी सेप्टेम्बर २६ मा अन्तर्राष्ट्रिय

यस्ता छन्‌ यो वर्षको दशैँका साइत, अष्टमी र नवमी एकैदिन

काठमाडौं – नेपाल पञ्‍चाङ्ग निर्णायक विकास समितिले २०८१ सालको बडादशैँका

मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य

धनुषा – मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य गरिएको छ

बालेनलाई प्रगति विवरण बुझाएर बिदा भए सहसचिव परियार

काठमाडौं – नगर प्रमुख बालेन शाहले काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय

कोशी प्रदेश सभाको बर्खे अधिवेशन अन्त्य

विराटनगर – कोशी प्रदेशसभाको पाचौँ अधिवेशन आजदेखि अन्त्य भएको छ