युक्रेनमा रुसी हमला, १७ जनाको मृत्यु  « Khabarhub

युक्रेनमा रुसी हमला, १७ जनाको मृत्यु 


२१ भदौ २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

कीभ– पूर्वी युक्रेनस्थित एक सहरको बजारमा रुसी गोलाबारी हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ । 

युक्रेनका आन्तरिक मन्त्री इहोर क्लिमेन्कोले रुसी आक्रमणमा १७ जनाको मृत्यु भएको र ३२ जना घाइते भएको बताए । अधिकारीहरूका अनुसार रुसी आक्रमणमा २० पसल, बिजुली लाइन, प्रशासनिक भवन आदिमा क्षति पुगेको छ ।

रुसको यो हमला अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन किभको भ्रमण गरिरहेको बेला भएको थियो । अमेरिकाले युक्रेनका लागि एक अर्ब डलरभन्दा बढीको आर्थिक सहायताको घोषणा गर्न सक्ने अपेक्षा गरिएको छ ।

एसोसिएटेड प्रेस संवाददाताहरूले कोस्टियान्टिएनिभकामा आक्रमण भएको ठाउँमा शवहरू देखिएको बताएका छन् । त्यहाँ आकस्मिक कर्मचारीले बजारमा लागेको आगो निभाएका थिए ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रूसले निर्दोष मानिसहरूलाई निशाना बनाएर बजारमा आक्रमण गरेको बताएका छन्। उनले भने,  यो ठाउँ चिन्नेहरूलाई यो नागरिक क्षेत्र हो भन्ने थाहा छ। नजिकै कुनै सैन्य इकाई छैन। यो आक्रमण जानाजानी गरिएको हो ।’

प्रकाशित मिति : २१ भदौ २०८०, बिहिबार  १० : २२ बजे

श्रीलङ्काका परेराले जनकपुर बोल्ट्सबाट एनपिएल खेल्ने

काठमाडौँ– श्रीलङ्काका विकेटकिपर–ब्याटर कुशल परेराले नेपाल प्रिमियर लिग (एनपीएल) को

कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

काठमाडौँ– सरकारले यही कात्तिक १७ र १८ गते सबै क्षेत्रका

जुवा तास खेलिरहेका आठ जना पक्राउ

सुनसरी– जुवातास खेलिरहेको अवस्थामा इटहरीबाट चार लाख ५६ हजार नगदसहित

चोभारको आदिनाथ मन्दिरमा एकमहिने मेला सुरु

काठमाडौँ– काठमाडौँ चोभारडाँडास्थित आदिनाथ मन्दिरमा लाग्ने एकमहिने मेला आजदेखि सुरु

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब बढी मौज्दात

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार