प्रतिनिधिसभा बैठक : व्यवस्थित सहरी बस्ती विकास गर्न आग्रह « Khabarhub

प्रतिनिधिसभा बैठक : व्यवस्थित सहरी बस्ती विकास गर्न आग्रह


२१ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले संस्कृति र परम्परा झल्कने गरी व्यवस्थित सहरी बस्ती विकास गर्न आग्रह गर्दै विद्यमान कानुन र नीतिविपरीत संरचना बनाउनेलाई कारबाही गर्न माग गरेका छन् ।

उनले सरकारी आयोजना र निकायले नै मापदण्डलाई पालना नगरी नदी कटानसमेत गरी संरचना निर्माण गरिँदा कारवाही नहुने तर सर्वसाधारण जनताले कमजोरी गरेमा डोजर लगाएर भत्काइने शैली उचित नभएको बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाहीले गणतन्त्र आएपछि एउटा पनि सरकारी अस्पताल नबनेकाले स्वास्थ्य सेवा सहज नभएको टिप्पणी गरे । जनता समाजवादी पार्टीका रञ्जुकुमारी झाले नेपालका लागि चीनका राजदूतले नेपाल र भारतबीचको सम्बन्धका बारेमा आफूखुसी वक्तव्य दिइनु नेपाली स्वाभिमानमाथिको प्रहार भएको बताइन्। 

नेकपा (एकीकृत समाजवादी) पार्टीका मेटमणि चौधरीले राष्ट्र बैंकले मौद्रिक नीति खुकुलो बनाइ ब्याजदरमा सरलीकरण गर्नुपर्नेमा जोड दिए। जनमत पार्टीका अब्दुल खानले सप्तरीको गजेन्द्रनारायण सिंह स्मृति अस्पतालमा सिन्डिकेट खडा गरी व्यवस्थापनले लापरबाही गर्दा जनताले बाहिर गएर सेवा लिनुपर्ने स्थिति अन्त्य गर्न माग गरे । लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्लले भारतसँग विद्युत् व्यापार सम्झौता गर्दा नेपाललाई लाभ हुने गरी गर्न आग्रह गरे ।

नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरीले नेपालस्थित विदेशी राजदूतले नेपालले कुन देशसँग कस्तो सम्बन्ध राख्नुपर्छ भन्ने बारेमा सार्वजनिक अभिव्यक्ति दिन नहुने बताए । नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले भने नेपालको आर्थिक समृद्धि यसरी हुन्छ भनेर चिनियाँ राजदूतले भनिनुलाई आपत्तिको विषय नभएको तर्क राखे ।     

आमजनता पार्टीका प्रभु साहले मुलुकभित्र दोहन गरेर विदेशमा लगेर सम्पत्ति थोपर्ने र विदेशमा गएर श्रम गरेर नेपालमा विप्रेषण भित्र्याउने कसका पक्षमा सरकार छ भन्ने स्पष्ट हुन आवश्यक रहेको बताए ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार  ४ : १७ बजे

राप्रपा बागमती प्रदेश संसदीय दल सरकार गठनको दौडबाट बाहिर

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले प्रदेश

खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजनाको विवरण सङ्कलन गर्न स्थानीय तहसँग समन्वय गरिने

काठमाडौं – राष्ट्रिय योजना आयोगले खाद्य प्रणाली रूपान्तरणसम्बन्धी रणनीतिक योजना कार्यान्वयनका क्रममा

सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो, सशस्त्र प्रहरीका संरचनामा क्षति

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा शुक्रबार बिहान सुख्खा

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न

चार करोड ३८ लाख भुरा उत्पादन

जनकपुरधाम– यहाँस्थित मत्स्य मानव संसाधन विकास तथा प्रविधि परीक्षण केन्द्रले