अमेरिकी सेनाको टोली काठमाडौंमा « Khabarhub

अमेरिकी सेनाको टोली काठमाडौंमा


२१ भदौ २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनासँगको सैन्य अभ्यासमा सहभागी हुन अमेरिकी सेनाको टोली काठमाडौं आइपुगेको छ। अमेरिकी सैनिक अधिकारी लिम कमेन्टरको नेतृत्वमा १२ जना अमेरिकी सैनिक काठमाडौं आइपुगेका हुन्। 

अमेरिकी वायु सेनाको विशेष जहाजबाट अमेरिकी सेनाको टोली काठमाडौं आएको हो। नेपाली सेना र अमेरिकी सेनाबीच भदौ २४ देखि असोज १२ गतेसम्म काठमाडौंमा संयुक्त सैन्य अभ्यास हुँदैछ। 

नेपाली सेनाका ३० जना तथा अमेरिकी सेनाका १२ गरी जम्मा ४२ जनाको सहभागिता रहने उक्त संयुक्त अभ्यासमा विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायतालगायतका विषयमा अनुभव तथा ज्ञान आदानप्रदान हुनेछ ।

नेपाली सेना संयुक्त राज्य अमेरिका, बेलायत, भारत, चीन, श्रीलङ्का, मङ्गोलिया, बङ्गलादेश, इजरायललगायत देशहरुका सैन्य सङ्गठनसँग खोज तथा उद्धार, विपद् व्यवस्थापन, प्रति आतङ्कवाद, पर्वतारोहण, संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनामा सहभागी रहँदा निर्वाह गर्नुपर्ने भूमिकालगायत विषयमा संयुक्त तालिम तथा अभ्यासमा सहभागी हुँदै आएको छ ।

प्रकाशित मिति : २१ भदौ २०८०, बिहिबार  ४ : २७ बजे

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना