लमजुङमा २९ नयाँ उद्योग दर्ता | Khabarhub Khabarhub

लमजुङमा २९ नयाँ उद्योग दर्ता


२१ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङमा एक महिनाको अवधिमा २९ उद्योग थपिएका छन् । जिल्लास्थित पर्यटन तथा उद्योग कार्यालयमा चालु आर्थिक वर्ष २०८०-०८१ को साउन महिनामा मात्र विभिन्न प्रकृतिका २९ वटा नयाँ उद्योग दर्ता भएका हुन् ।

थपिएका उद्योगमा सबैभन्दा धेरै कृषि तथा वन पैदावारमा आधारित उद्योग १३ वटा रहेका छन्। यसैगरी सेवामूलक उद्योग ९ वटा, पर्यटन उद्योग ४ वटा, उत्पादकमूलक उद्योग २ वटा र साझेदारी एक गरी २९ नयाँ उद्योग थप भएका हुन् ।

सोही अवधिमा ७ वटा उद्योग खारेजी र ६८ उद्योग नवीकरण भएको पर्यटन तथा उद्योग कार्यालय लमजुङका प्रमुख मिताकुमारी थापाले जानकारी दिइन । थापाका अनुसार गत साउनमा वाणिज्य तर्फ भने १८ नयाँ फर्म दर्ता, ८१ वटा नवीकरण १३ वटा खारेजी भएका छन् । उद्योग, वाणिज्य दर्ता नवीकरण तथा खारेजी लगायत कार्यालयबाट प्रवाह हुने सेवा मार्फत एक महिनाको अवधिमा ३ लाख ५१ हजार सात सय ५२ रुपैयाँ राजश्व संकलन भएको कार्यालय प्रमुख थापाले जानकारी दिइन् ।

कार्यालयको तथ्यांक अनुसार गएको आर्थिक वर्ष २०७९-०८० मा २ सय ९१ उद्योग दर्ता भएका थिए । विगत चार वर्षको उद्योग दर्ता संख्या हेर्ने हो भने गत वर्ष उद्योग दर्तामा कमी आएको छ । कार्यालयमा आर्थिक वर्ष ०७६-०७७ मा ६ सय ६९, ०७७-०७८ मा ९ सय ७० र अघिल्लो आर्थिक वर्ष ०७८-०७९ मा ६ सय ८८ उद्योग दर्ता भएका थिए ।

वाणिज्य तर्फ भने ०७७-०७८ मा ६४०, ०७८-०७९ मा ४ सय १० र गएको आर्थिक वर्ष ०७९-०८० मा २ सय ८ फर्म दर्ता भएका थिए ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार  ४ : ५४ बजे

विकासप्रतिको जनचाहना मर्न दिइन्न : प्रधानमन्त्री

महोत्तरी – प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको विकास चाहना मर्न

कुवेतस्थित नेपाली दूतावासले भन्यो : घातक पेय पदार्थबाट टाढा रहनुहोस्

कुवेत- कुवेतमा विषादीयुक्त मदिरा सेवनका कारण करिब ३५ जना नेपाली

एकीकृत समाजवादीको सचिवालय बैठकले के–के गर्‍यो निर्णय ?

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को सचिवालय बैठकले वामदेव गौतमलाई

रवि लामिछानेको मुद्दा न्यायिक कि राजनीतिक ?

काठमाडौं– पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका पूर्वगृहमन्त्री एवं रास्वपा सभापति

टप एन्ड टी–२० सिरिज: नेपाल ४२ रनले पराजित

काठमाडौं – अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल घरेलु