मलेसियामा रक्सी खाएर पसलको सिसा फुटाउने दुई नेपाली पक्राउ  « Khabarhub

मलेसियामा रक्सी खाएर पसलको सिसा फुटाउने दुई नेपाली पक्राउ 


२१ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

दोहा- मलेसियामा रक्सी खाएर पसलको सिसा फुटाउने दुई नेपाली पक्राउ परेका छन् । मलेसियाको तमन मेलावती क्षेत्रमा रहेको एक पसलको झ्यालको सिसा फुटाइदिएको आरोपमा दुई नेपालीलाई पक्राउ गरिएको हो ।

मादक पदार्थ  खाएर मातेको अवस्थामा घट्नामा संलग्न २१ र २२ वर्षका दुई नेपाली युवाले मुक्का हानेर एक पसलको सिसा फोडेर भागेको पाइएपछि उनीहरूलाई हिरासतमा लिइएको मलेसियन प्रहरीले जनाएको छ ।

स्थानीय सञ्चार माध्यम द स्टारका अनुसार सीसीटीभी फुटेज जाँच गर्दा दुई युवाले झ्यालको सिसा मुक्का हानेर फुटाएपछि भागेको देखिएको थियो। झ्यालको सिसा फुटेको पाइएपछि सीसीटीभी जाँच गर्दा रक्सीले मातेको अवस्थामा दुई युवाले चार मुक्का हानेर सिसा फोडेको देखिएको खबरमा उल्लेख छ ।

पक्राउ परेकाहरूको नेपालको ठेगाना र परिचय भने खुलाइएको छैन । उनीहरू दुवै जना त्यही क्षेत्रको एक मलको पसलमा सहायक कामदारको रूपमा काम गर्ने रहेको पाइएको छ । तर उनीहरूले त्यसअघि मलेसियामा कुनै पनि आपराधिक क्रियाकलाप भने नगरेको पाइएको छ ।

अहिले दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको र कानुनको उल्लङ्घन गर्ने जो कोही पनि कारबाहीबाट नबच्ने मलेसियन प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार  ६ : १० बजे

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

पूर्णबहादुर खड्काले भने : नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारीबारेका हल्ला निराधार हुन्

काठमाडौं – शेरबहादुर देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको