लागुऔषधसहित ४ जना पक्राउ « Khabarhub

लागुऔषधसहित ४ जना पक्राउ


२१ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

कैलाली – गोदावरी नगरपालिका- १ भरतपुर बस्ने २२ वर्षीय नरेश चौधरी र धनगढी उपमहानगरपालिका- ११ बस्ने २७ वर्षीय अर्जुन चौधरीलाई अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब २ सय मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

साथै थप अनुसन्धानको क्रममा नरेशको कोठाबाट थप ५ सय ४० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी प्रहरीले बरामद गरेको छ ।

कैलालीकै लम्कीचुहा नगरपालका- १ टिकापुर रोडबाट अवैध लागूऔषध खैरो हेरोइन २ सय ५० मिलिग्रामसहित सोही ठाउँ बस्ने ४७ वर्षीय सुरेश शाही समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार  ८ : २० बजे

जाँचबुझ आयोगविरुद्धको रिट खारेज गरिदियो सर्वोच्चले

काठमाडौं- गत भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्न

सरकारले निर्वाचनको वातावरण बनाएको छ : मन्त्री खरेल

भक्तपुर- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१

सेनाका पूर्वजर्नेल शर्मा बने अन्तरिम सरकारका परराष्ट्रमन्त्री

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन्। प्रधानमन्त्री कार्कीले

रविसँग मिल्ने चर्चाबीच महानगरको नगरसभामा व्यस्त बालेन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने चर्चाबीच काठमाडौं महानगरपालिकाका मेयर

तीन ठूला नेता भेटेपछि सरकारका प्रवक्ता : फागुन २१ गतेको चुनाव अब सुनिश्चित भयो

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार एकै दिन