चिनियाँ दुतावास अगाडि प्रदर्शन, राजदूत फिर्ता गर्न माग « Khabarhub

चिनियाँ दुतावास अगाडि प्रदर्शन, राजदूत फिर्ता गर्न माग


२१ भदौ २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय एकता अभियानले काठमाडौँ स्थित चिनियाँ दुतावास अगाडि प्रदर्शन गरेको छ। चिनियाँ राजदूतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको विरोधमा प्रदर्शन गरेको अभियानले जनाएको छ ।

प्रदर्शनकारीहरुले चिनियाँ राजदूतलाई फिर्ता गर, ऋणजाल चाहिदैन, देश डुबाऊन पाइदैन, आंतरिक मामिलामा हस्तक्षेप बन्द गर, चिनियाँ विस्तारवाद मुर्दावाद लगायतका नारा लगाएका थिए ।

अभियानका अध्यक्ष विनय यादवले चिनियाँ दुतावासले जथाभावी बोलेर नेपाल–भारत सम्बन्ध माथि प्रहार गरेको बताए । सरकारले कूटनीतिक प्रकृयाद्वारा यस्ता गतिविधि माथि रोक लगाउनु पर्ने उनको भनाई छ।

उनले भने ‘चीनले खासा नाका एकतर्फी घोषणा गरेर बन्द गरी नेपाललाई दुःख दियो, तर चीन माथि हाम्रो निर्भरता कम रहेकोले खासै फरक परेन । भारतले चाहिएको बेला नेपाललाई खाद्यान्न दिएको छ, बिजुली दिएको छ। खाद्यान्न र ऊर्जा सुरक्षा देशको लागि अत्यन्त संवेदनशील विषय हुन।’

प्रदर्शनमा मधेश सम्पर्क समितिका संयोजक बिनोद सिंह, अभियानका महासचिव डा. प्रभात कुशवाहा, विद्यार्थी परिषदका पप्पु यादव, युवानेता धीरज गिरी, अभियानी शिव पासवान, गणेश कुमार सिंह लगायतको सहभागिता थियो।

 

प्रकाशित मिति : २१ भदौ २०८०, बिहिबार  ९ : ३१ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२