जितिया पर्व आज समापन गरिँदै | Khabarhub Khabarhub

जितिया पर्व आज समापन गरिँदै


२० आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

धनुषा– हिन्दु पात्रोअनुसार असोज कृष्ण पक्षको अष्टमीदेखि नवमीसम्म मनाइने जितिया पर्व आज सकिँदैछ । बिहीबारदेखि सुरु भएको यो पर्व आज पूरा हुँदैछ । 

ज्योतिषशास्त्रअनुसार महिलाले सन्तानको दीर्घायु र समृद्धिका लागि जितिया व्रत बस्ने गर्दछ । यो व्रत बस्दा सन्तान प्राप्तिका साथै सन्तानलाई दुःख, पीडा र समस्याबाट जोगाउँछ भन्ने विश्वास गरिन्छ । जितियालाई जीवितपुत्रिका व्रत पनि भनिन्छ ।

महिलाहरुले व्रतको विधि पालना गर्दै बिहीबार नजिकैको पोखरी तथा तलाउमा नुहाएर  घिरौलाको पातमा, तोरीको तेल, सिन्दूर, तोरीको पीना (खैर), मेहन्दीको पात, फूलआदि चढाएर विधिपूर्वक नहाय खाय गरेका छन् ।

उपवासको पूर्वसन्ध्यामा मध्यरातमा खाने खाना दही च्युरासँग माछा र मरुवा अनिवार्य खाने चलन छ । शुक्रबार बिहान ४ बजेबाट निराहार बसी शनिबार बिहान १० बजेपछि नवमी तिथि प्रारम्भ भएसँगै उपवास तोडेपछि जितिया व्रत सम्पन्न हुने जनकपुरधामकी व्रतालु महिला गीता देवी झाले बताइन् ।

थारू समुदायमा विशेष मानिने जितियाको उपवास बस्ने महिलाहरू सन्तान तथा सौभाग्य समृद्धिको निम्ति जिमुतवाहन देवतालाई समर्पण गरी फलफूलले डाली भर्ने कथा सुन्ने गरिन्छ ।

शनिबार बिहान पुनः केराको पातमा दही च्यूरा, फलफूल चढाएपछि घिरौलाको पातबाट शुरु भएको जितिया केराको पातमा गएर सम्पन्न गरिने चलन रहँदै आएको क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरकी व्रतालु अनिता यादवको भनाइ छ ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ६ : ३५ बजे

एआईसीले नेपाल सरकारलाई पठायो पत्र

काठमाडौं – सामाजिक सञ्जाल नियमनका लागि सरकारले अघिल्लो महिना जारी

जग्गाको हक महिलाको नाममा हुनुपर्छ: उपसभामुख मगर

पाटन – उपसभामुख इन्दिरा रानामगरले जग्गाको हक महिलाको नाममा हुनुपर्ने

माओवादी केन्द्रका उपमहासचिव मातृका यादव अस्वस्थ

काठमाडौं – नेकपा माओवादीका केन्द्रका उपमहासचिव मातृका यादव अस्वस्थ भएर

दुई किलो सुन बरामद प्रकरण : चिनियाँ नागरिक पक्राउ

काठमाडौं – नेपाल प्रहरीले गत बिहीबार नागढुङ्गाबाट बरामद भएको दुई

सर्वोच्चमा प्रस्तावित न्यायाधीशमाथि उजुरीकर्ताको गम्भीर आरोप

काठमाडौं – सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशमध्ये दुई जनामाथि उजुरीकर्ताले गम्भीर