विपन्न तथा सीमान्तकृत महिलालाई स्यानिटरी प्याड बनाउने तालिम « Khabarhub

विपन्न तथा सीमान्तकृत महिलालाई स्यानिटरी प्याड बनाउने तालिम


२० आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखाको सहिद लखन गाउँपालिकामा विपन्न तथा सीमान्तकृत महिलालाई व्यावसायिक बनाउँदै आयआर्जन बढाउन सहयोग गर्ने उद्देश्यले स्यानिटरी प्याड बनाउने तालिम सञ्चालन गरिएको छ ।

गाउँपालिकाको वडा नम्बर ५ ताक्लुङस्थित सामुदायिक भवनमा व्यावसायिक रुपमा स्यानिटरी प्याड उत्पादन गर्ने योजना बनाएर महिलाका लागि तालिम सञ्चालन गरिएको हो । 

गाउँपालिकाको समन्वय, युएसएआईडीको आर्थिक सहयोग र नेपाल दलित महिला उत्थान सङ्घ (एड्वान) को आयोजनामा भएको तालिममा नवपालुवा महिला कृषक समुहका २१ महिलाको सहभागिता रहेको एड्वानका परियोजना संयोजक कमल बसेलले जानकारी दिए । 

लखन गाउँपालिकालाई स्यानिटरी प्याड उत्पादनमा आत्मनिर्भर बनाउने योजनाअनुसार तालिम सञ्चालन गरिएको उनको भनाइ छ ।

विद्यालय किशोरी कार्यक्रमअन्तर्गत गाउँपालिकाले स्यानिटरी प्याड बाहिरबाट खरिद गरेर ल्याउनका लागि हरेक वर्ष वार्षिकरुपमा लाखौँ रकम विनियोजन गर्दै आएकोमा अबदेखि गाउँमै प्याड उत्पादन गरी महिलालाई रोजगारी पनि दिने र आर्थिक आयआर्जन वृद्धि गर्दै विपन्न तथा सीमान्तकृत महिलालाई आत्मनिर्भर बनाउने योजना रहेको संयोजक बसेलको भनाइ छ ।

तालिम सम्पन्न भएलगत्तै गाउँपालिका, एड्वान र तालिममा सहभागी महिला मिलेर संयुक्तरुपमा स्यानिटरी प्याड उत्पादन सुरु गर्ने उनले बताए ।

स्यानिटरी प्याड निर्माणका लागि आवश्यक मेसिनसमेत खरिद गरी सोही मेसिनबाट नै प्याड उत्पादनको तालिम सञ्चालन भइरहेको हो । मेसिन खरिदका लागि गाउँपालिका र एड्वानले पाँच–पाँच लाख लगानी गरेका छन् भने तालिममा सहभागी २१ जना महिलाले १५–१५ हजारका दरले तीन लाख १५ हजार लगानी गरेको उनको भनाइ छ ।

गाउँपालिकामा उत्पादन गर्न लागिएको स्यानिटरी प्याड बजारमा अहिले पाइने सबै प्याडसँग प्रतिस्पर्धा गर्नसक्ने गुणस्तरीय हुने बताइएको छ ।

प्याड उत्पादनपछि प्याकेजिङ र किटाणुरहीत बनाउनका लागि आवश्यक थप दुईवटा मेसिन खरिदका लागि तयारी भइरहेको संयोजक बसेलले जानकारी दिए ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ७ : २२ बजे

कांग्रेस महाधिवेशन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन

विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि गैरप्राथमिक आयोजनाको बजेट कटौती गरिने

हेटौँडा– बागमती प्रदेश सरकारले विपद् प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणलाई

अन्तर्राष्ट्रिय साहित्यतर्फको नोबेल पुरस्कार क्यानेडाली कवयित्री एवम् निबन्धकार एन कार्सनलाई

काठमाडौं- क्यानेडाली कवयित्री, निबन्धकार तथा अनुवादक एन कार्सनले यस वर्षको

गगनको मुखैमा विधान छ, मन लागेका बेला फ्याट्टै फेर्नुहुन्छ : प्रकाशशरण महत

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशन जारी छ । संस्थापन पक्ष

चाडपर्वमा हवाई टिकट सस्तो हुने, स्वीकृत भाडादरभन्दा कममै बिक्री गर्न वायुसेवा कम्पनी सहमत

काठमाडौँ- नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै आन्तरिक हवाई भाडादर घट्ने भएको छ।