सधैँ ओझेलमा यथार्थवादी गीतकार उत्तम श्रेष्ठ | Khabarhub Khabarhub

सधैँ ओझेलमा यथार्थवादी गीतकार उत्तम श्रेष्ठ


२० आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

एक समय रेडियो नेपाललाई गीतकारको हैसियतले बाहिर चिनाउने गीतकारका रूपमा एक विशेष गीतकारको नाम आउँछ। ती गीतकारको नाम हो उत्तम श्रेष्ठ। वि.सं. १९९५ सालमा काठमाडौंमा जन्मिएका श्रेष्ठको पुरा नाम हो उत्तमलाल श्रेष्ठ। उनले गीतकारको रूपमा रेडियो नेपालबाट आफ्नो गीति यात्रा सुरु गरे। तर रेडियो नेपालमा हुँदा उनले गीतहरूबजाएर विज्ञापन सेवा सुरु गर्ने काम पनि गरे।

गीतकार श्रेष्ठले नै आफू शाही नेपाल चलचित्र संस्थानको महाप्रबन्धक हुँदा पहिलो रंगीन नेपाली फिल्म कुमारी बनाउने पहल गरे। उनलाई गीतकारको रूपमा संगीतकार शिवशंकर मानन्धरले धेरै परिचित गराए।

अर्का संगीतकार चन्द्रराज शर्माले पनि उनका गीतलाई संगीत गरेर लोकप्रिय गराए। जसरी पछिल्लो समयको संगीतमा उत्तम श्रेष्ठका गीतहरू माणिक रत्नले पनि गाए। तर उत्तम श्रेष्ठको गीतलाई विशेष रूपमा चिनाउने गायक ध्रुव केसी हुन्।

३० को दशकका अत्यन्त लोकप्रिय गायक ध्रुव केसीले श्रेष्ठको रचना भैरवबहादुर थापाको संगीतमा ‘प्रेम के जानोस् प्रेमको बोलीबाट’ निकै ख्याति कमायो। ध्रुब केसीको गायनदेखि लिएर पछिल्लो समयकी गायिका सपनाश्री परियारको आवाजसम्म आइपुग्दा पनि उत्तम श्रेष्ठको चर्चा यथावत् नै छ। तर उनलाई गीतकारको रूपमा चिन्ने धेरै कम छन्।

सपनाश्रीले गाएको द्वारिकालाल जोशीको संगीतमा ‘सगर भरी जुन तारा जुन भित्र तिमी’ त्यत्तिकै लोकप्रिय बन्यो। सपनाश्रीलाई चिनाउने यो गीतका गीतकार उत्तम श्रेष्ठ हुन् भन्ने कुरा धेरैलाई थाहा छैन।

उत्तम श्रेष्ठले नेपाली चलचित्र झझल्कोमा पनि गीत लेखे । झझल्कोका प्राय सबै गीतहरू लोकप्रिय भए। ‘शनिवारको दिन बिहानी पख’, ‘जिन्दगीले मलाई कहाँ ल्याइदियो’ रामकृष्ण ढकालको स्वरमा लोकप्रिय भए।

त्यसबाहेक उत्तम श्रेष्ठका गीतहरू विशेष रूपमा प्रेमध्वज प्रधान, तारादेवी, माणिक रत्न, निर्मला श्रेष्ठ जस्ता कलाकारले गाएका छन्।

अरु चर्चित गायकमा पिएल श्रेष्ठ, इन्द्रनारायण मानन्धर, हिरण्य भोजपुरीको संगीतमा पनि गाएका छन्। गीतकार उत्तम श्रेष्ठको गीत धेरै कम हुने गर्छन्। कतिपयले उनको गीत चर्चित भए पनि उनलाई सम्झिएको पाइँदैन। तर, गीतकार उत्तम श्रेष्ठको बारेमा धेरै पटक चर्चामा ल्याउने एक पात्र हुन् अर्का गीतकार डोलप्रसाद।

डोलप्रसाद उत्तम श्रेष्ठको घरको सबै हिसाबकिताब राख्ने एकाउन्टेन्ट थिए। उनी आफू पनि पछि गीतकार भए। उनैले उत्तम श्रेष्ठको फोटो गीतहरू खोजेर बाहिर प्रस्तुत गरे।

यो एउटा दुर्भाग्य नेपालका अरु गीतकारलाई चिनाउने गायक गायिकालाई चिनाउने कार्यक्रम उत्पादन गर्ने उत्तम श्रेष्ठलाई नै अरु मान्छेले चिनेनन्। उत्तम श्रेष्ठले पछि चलचित्र निर्माणमा पनि लगानी गरे। उनले धेरै नेपाली फिल्महरू मध्ये झझल्को लगायत अन्य फिल्ममा सह–निर्माताको रूपमा पनि लगानी गरे।

चलचित्र उद्योगको विकास होस् भनेर उनले पहिले जब शाही नेपाल चलचित्र संस्थानमा महाप्रबन्धक भएका थिए। त्यो बेला सिन्दुर, कुमारी जस्ता फिल्ममा पनि उनी महाप्रबन्धकको हैसियतले निर्माणमा आबद्ध थिए।

श्रेष्ठ कोमल शब्दमा भावपूर्ण शैलीमा गीतहरू लेख्ने गीतकार हुन्। उनको गीत लेखनमा दुवै पक्ष छन्। ती भनेका आधुनिकता र नेपाली समाजसँग जोडिएको ऐतिहासिक पक्ष हुन्।

कुनै कुनै गीतहरू उनले फिल्म शैलीमा पनि लेखेका छन्। माणिक रत्न र कनैया कुमारले गाएका गीतहरू सधै चर्चामा छन्। ती गीतहरूसँगै उनको विशेष परिचय बनेको छ। बाक्लो चस्मा, सधैँ आइरन गरेको कमिज पाइन्टमा हिँड्ने उत्तम श्रेष्ठ काठमाडौंको एउटा सुसंस्कृत समाजको प्रतिनिधित्व गर्दथे। सबैलाई गुन गर्ने सबैलाई सहयोग गर्ने, सबैलाई हरेक किसिमको उपस्थितिमा पनि आफ्नो अभिभावकत्व दिने व्यक्ति थिए।

उदित नारायण झाले आफ्नो गायन यात्रा सुरु गर्दा पहिलो पहिलो चर्चित गीत पनि उत्तम श्रेष्ठको नै गाएका थिए। ‘नगर माया कसैलाई मायाको केही भर हुँदैन’ उनको निकै लोकप्रिय गीत मानिन्छ। उदित नारायणको बम्बईको संघर्षको जीवन सुरु हुनु भन्दा अगाडिको गीत हो। यस गीतको रचनाकार पनि उत्तम श्रेष्ठ नै हुन्। अत्यन्त प्रिय सम्मानित गीतकार उत्तम श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ८ : ५७ बजे

कांग्रेस केन्द्रीय समिति बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।

ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारमा गाउँलेलाई सहज

बागलुङ– बागलुङका ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारका बेला सर्वसाधारणलाई आवतजावत

महोत्तरीमा आज साँझ धनतेरस मनाउने तयारी

महोत्तरी– सौरमासको कात्तिक सङ्क्रान्तिकै दिन यसपालिको दीपावली (तिहार) पर्व सुरु

नारायणगढ–मुग्लिन सडक खण्डमा सातवटा गाडी एकआपसमा ठोक्किए

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डको गाइघाटमा सातवटा गाडीहरु एकआपसमा ठोकिएर दुर्घटना

अर्थमन्त्री खनालबाट सिङ्गापुरका राष्ट्रपति थरमनसँग भेटवार्ता

वासिङ्टन डिसी– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सिङ्गापुरका राष्ट्रपति थरमन शानमुगार्थमसँग भेटवार्ता