मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु « Khabarhub

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु


२० आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

बारा– बाराको निजगढमा ग्यारेजबाट ट्रायलका लागि निस्केको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार यसरी मृत्यु हुनेमा ग्यारेजका मिस्त्री २० वर्षीय दिनेश चौधरी रहेका छन् ।

निजगढ–८ स्थित श्री बाबा एनकेडी ग्यारेजबाट मर्मत गरेर जाँचका लागि निस्किएको ना ६३ प ८४४७ नम्बरको मोटरसाइकललाई नारायणगढबाट धरानतर्फ जाँदै गरेको  प्र.१-०२-००१ ख ९७९३ नम्बरको बसले ठक्कर दिएको हो । दुर्घटनामा मोटरसाइकल चालक कोल्हबी नगरपालिका-३ जुगवाका चौधरीको घटनास्थल मै मृत्यु भएको हो ।

बसले ठक्कर दिए पछि चौधरीले चलाएको मोटरसाइकल ना ३ स ९२३७ नम्बरको इ-रिक्सामा ठोक्किन पुगेको थियो । मोटरसाइकलले ठक्कर दिए पछि अनियन्त्रित भएको उक्त इ-रिक्सा प्र २-०३-००१ ह १०६६ नम्बरको अटोसँग ठोक्किएको थियो।

रिक्साको ठक्करबाट अटो चालक निजगढ(१२ लालका २४ वर्षीय सुकराम बोम्जन, अटोमा सवार सोही ठाँउका २२ वर्षीय सानतेन लामा र जीतपुरसिमरा १६ का २१ वर्षीय कुलबहादुर थिङ घाइते भएका छन् । घाइतेमध्ये लामालाई निजगढबाट थप उपचारका लागि वीरगन्ज लगिएको प्रहरीले जनाएको छ ।

प्रहरीले बस चालक सिरहा-१२ का अजय ठाकुरलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  १ : ३९ बजे

महिलालाई पञ्चैबाजा प्रशिक्षण

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गाका महिलालाई परम्परागत बाजाको संरक्षण गरी

गरिबीले रोकेन सत्यनारायणको ‘डाक्टर’ बन्ने सपना

सिरहा– दिनभरि इँट्टा–बालुवासँगको सङ्घर्ष, रातभरि डाक्टर बन्ने सङ्कल्प । यही

रानीकोटदेखि नगकोटसम्म अङ्ग्रेजी नयाँ वर्षको उल्लास

भक्तपुर– अङ्ग्रेजी नयाँ वर्ष–२०२६ आजदेखि सुरु भएको छ । नयाँ

टी-२० विश्वकप : अफगानिस्तानको कप्तान राशिद, को को छन् १५ खेलाडी ?

काठमाडौं – अफगानिस्तान क्रिकेट बोर्डले आईसीसी पुरुष टी-२० विश्वकप २०२६

मन्त्री खरेलबाट ज्यापू सङ्ग्रहालयको अवलोकन

ललितपुर– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ललितपुरस्थित ज्यापु सङ्ग्रहालयको