सवारी दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते « Khabarhub

सवारी दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते


२० आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक नगरपालिका–५ श्रृजनानगर चोकमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । 

भक्तपुरबाट काठमाडौँ जाँदै गरेको नम्बर नखुलेको टिपरले सोही दिशातर्फ जाँदै गरेको बा.९७प. २९५० नंको मोटरसाइकललाई ठक्कर दिँदा सिन्धुपाल्चोक चौतारा साँगागढी नगरपालिका-८ घर भई हाल सूर्यविनायक नगरपालिका–८ बस्ने २३ वर्षीय रामशरण थापामगरको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा मोटरसाइकल चालक सिन्धुपाल्चोक घर भई हाल काँडाघारी बस्ने १८ वर्षीय शिव आलेमगर घाइते भएका छन् । घाइते मगरको मध्यपुर अस्पताल ठिमीमा उपचार भइरहेको पाठकले जानकारी दिए। 

घटनापछि फरार रहेका टिपर चालकको खोजी कार्य जारी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  २ : ३१ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका