प्यालेस्टाइनी लडाकुको भीषण हमलापछि इजरायली प्रधानमन्त्री नेतान्याहूद्वारा युद्धको घोषणा | Khabarhub Khabarhub

प्यालेस्टाइनी लडाकुको भीषण हमलापछि इजरायली प्रधानमन्त्री नेतान्याहूद्वारा युद्धको घोषणा


२० आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

जेरुसलेम- प्यालेस्टाइनी लडाकुहरुले इजरायलमाथि भीषण आक्रमण सुरु गरेका छन् । शनिबारबाट हमास, प्यालेस्टाइन इस्लामिक जिहाद लगायतका प्यालेस्टाइनी लडाकु समूहले गाजापट्टीबाट इजरायलमाथि आक्रमण सुरु गरेका हुन् । ऐतिहासिक रुपमा विभिन्न धार्मिक एवम् राजनीतिक द्वन्द्वको चपेटामा पर्दै आएको सो क्षेत्रमा प्यालेस्टाइनी लडाकुहरुले क्षेप्यास्त्रसँगै स्थल आक्रमण गरिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

शनिबार सबेरै प्यालेस्टाइनी लडाकुले इजरायलतर्फ रकेट आक्रमण गरेका थिए । रकेट आक्रमणसँगै उनीहरुले स्थल कारवाही थालेका थिए । हाल प्यालेस्टाइनी लडाकुले स्देरोत, कफ्र अजा, ओफाकिम, नहल ओजजस्ता केही सीमावर्ती सहरमा प्रवेश गरी गोली चलाइरहेको जनाइएको छ । हालसम्म कति लडाकु इजरायली भूमिमा प्रवेश गरेका छन् भन्ने स्पष्ट भइसकेको छैन । इजरायली प्रहरीलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार दक्षिणी इजरायलका २१ स्थानमा दोहोरो गोली हानाहानका घटना भएका छन् ।

पछिल्लो आक्रमण दुई दशकअघिको दोस्रो प्यालेस्टाइनी विद्रोह इन्तेफादायताकै सबैभन्दा भीषण हो । हालसम्म हताहतीको यकिन विवरण सार्वजनिक नभएपनि २२ जना इजरायलीको मृत्यु भएको र अरु ५४५ जना घाइते भएको त्यहाँको एम्बुलेन्स सेवालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समचार संस्था रोयटर्सले जनाएको छ । यद्यपि मृतकको सङ्ख्या अझै धेरै रहेको बताइएको छ ।

हामासजस्तै गाजा पट्टीमा सक्रिय लडाकु समूह अर्को लडाकु समूह प्यालेस्टाइनी इस्लामिक जिहादले पनि आफूहरु यस आक्रमणमा सहभागी रहेको जनाएको छ । यस समूहले केही इजरायली नागरिक एवम् सैनिकलाई बन्धक बनाएको भिडियोसमेत सार्वजनिक गरेको रोयटर्सले उल्लेख गरेको छ ।

इजरायलमाथि आक्रमण भएसँगै त्यहाँका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्नो मुलुक हाल युद्धको अवस्थामा रहेको घोषणा गरेका छन् । इरानसमर्थित लडाकुले आफ्नो मुलुकमाथि आक्रमण गरेको भन्दै उनले यसको बदला लिइछाड्ने दृढता व्यक्त गरेका छन् । आक्रमणको बदलामा इजरायली रक्षा फौजले गाजा क्षेत्रमा व्यापक हवाई आक्रमण गरेको छ ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ६ : ०० बजे

चैतमा फुल्ने ‘पलम’ असोजमै फुल्यो

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा असोजमै पलमको फूल फुलेको

एमाले केन्द्रीय कमिटी बैठक: केन्द्रीय सदस्यले धारणा राख्नेक्रम जारी

काठमाडौं – नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक जारी छ। बिहीबार

सामूहिक फूलखेतीमा महिला

तनहुँ – यहाँको म्याग्दे गाउँपालिकाका महिलाहरू सयपत्री फूलखेतीमा लागेका छन्।

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच भेट

वाशिङ्टन डिसी – विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा

इजरायलले बन्धकको अवशेष फिर्ताका लागि दबाब दिन सीमा नाकामा पुनः कडाइ

जेरुसलेम – गाजा र इजिप्टबीचको सहायता मार्ग राफा सीमा बुधबार